बालेनलाई सांसद सिंहको चुनौती : हिम्मत भए संसद भवन भत्काएर देखाऊ

<span class='c1'>बालेनलाई सांसद सिंहको चुनौती : हिम्मत</span> <span class='c2'>भए संसद भवन भत्काएर देखाऊ</span>

काठमाडौं । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले काठमाडौं महानगरका प्रमुख बालेन शाहले हिटलर र मुसोलिनीको शैलीमा कवाडीमाथि डोजर चलाएको भन्दै आक्रोस व्यक्त गरेका छन् ।

सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले महानगरले डोजर चलाउँदा मजदुरहरू घाइते भएको भन्दै हिम्मत भए संसद भवनदेखि शीतलनिवास भत्काएर देखाऊ भन्दै चुनौती दिए ।

उनले बालेनलाई च्यालेज गर्दै भने, ‘म बालेनलाई चुनौती दिन चाहन्छु । हिम्मत भए संसद भवन, सिंहदरबार, सर्वोच्च अदालत, बालुवाटार र शीतलनिवास भत्काएर देखाऊ । यो नाजीवाद शैली काठमाडौं मेयरको चल्दैन । यो कानून र न्याय नभएको देश हो । त्यो मेयर कुन तानाशाह भएर निस्किएको छ ? मधेशी कुटेर बालेन नाजीकालीन हिटलर र मुसोलिनी बन्न खोजेको ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्