अष्ट्रेलियाबाट फर्किएर विराटनगरमा गार्मेन्ट उद्योग (भिडियाेसहित)

<span class='c1'>अष्ट्रेलियाबाट फर्किएर विराटनगरमा</span> <span class='c2'>गार्मेन्ट उद्योग (भिडियाेसहित)</span>

विराटनगर । ‘अष्ट्रेलिया’ धेरै नेपाली युवालाई लोभ्याउने देशको नाम । बलियो सामाजिक सुरक्षा, शिक्षा, स्वास्थ्य र रोजगारीको लोभले  हजारौं युवा अष्ट्रेलिया पुगेका छन् ।

विराटनगरका ३६ वर्षीय ओमप्रकाश चौधरी र ३१ वर्षीय मनिषा झा अष्ट्रेलियाको सुखसयल त्यागेर मातृभूमिमै फर्किएर गार्मेन्ट उद्योग सञ्चालन गरिरहेका छन् ।

कुनै बेला अष्ट्रेलियामै बस्ने योजनासहित पुगेका उनीहरु नेपालमै केही गर्ने सोच बोकेर सन् २०१७ मा फर्किएका हुन् ।

अष्ट्रेलियाबाट फर्किएका ओमप्रकाश र मनिषा विराटनगर महानगरपालिका– १२ मा गार्मेन्ट उद्योग सञ्चालन गरिरहेका छन् । देशको मायाले अष्ट्रेलियामा खुसी हुन नसकेको जोडी अहिले गार्मेन्ट उद्योगमा रमाइरहेको छ ।

कपडा बनाउने आधुनिक मेसिन घरमै राखेका छन् । बजारको माग अनुसारका कपडा उत्पादन गर्छन् । उद्योगमा १४–१५ जनालाई रोजगारी दिएका छन् । स्वदेशमा उद्यम गर्दा सन्तुष्टि मिल्ने मनिषा बताउँछिन् ।

पुरानो घर जनकपुर भएका ओमप्रकाश कक्षा १२ को परीक्षा दिएपछि सन् २००६ मा अष्टेलिया पुगेका थिए । सन् २०१४ मा श्रीमती मनिषालाई पनि अष्ट्रेलिया लगे । अष्ट्रेलियामा उनीहरुको छोरो जन्मियो ।  देशको मायाले गर्दा नेपालमै केही गर्ने सोचसहित सन् २०१७ मा ओमप्रकाश र मनिषा घर फर्किने निर्णयमा पुगे । घर फर्किएको २ वर्षपछि सन् २०१९ मा छोराको नाममा ‘ओमन्स गार्मेन्ट एण्ड स्वेट्स’ उद्योग स्थापना गरे ।

‘आफ्नै देशमा केही गरौन भन्ने सोचेर आएका थियौं, मलाई ड्रेसमा काम गर्ने  रहर पनि थियो,’ उनले भनिन्,‘ हाम्रो सामान काठमाडौं र पोखरासम्म पुग्छ, बजार राम्रै छ ।’

गार्मेन्ट उद्योग सञ्चालनका लागि उनीहरुलाई जीवन विकासले ऋण सहयोग गरेकाे छ ।  जीवन विकासमा जोडिएपछि व्यापार विस्तार र पूँजी परिचालनमा सजिलो भएको उनले बताइन् । ‘गार्मेन्ट उद्योगलाई अझै विस्तार गर्ने, स्वदेशमै थप रोजगारी सृजना गर्ने सोच छ,’ उनी भन्छिन्,‘  नेपालमा बसेर आफु सहित आफ्नो देशका अन्य युवाहरुलाई रोजगारी दिन पाउँदा खुशी लागेको छ । स्वदेशमा उद्यम गर्न सन्तुष्टि पनि मिल्छ ।’

भिडियो हेर्नुहोस् :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्