मानव अधिकार आयोग कोशी प्रदेश कार्यालय विराटनगरमा आठवटा उजुरी दर्ता

<span class='c1'>मानव अधिकार आयोग कोशी प्रदेश</span> <span class='c2'>कार्यालय विराटनगरमा आठवटा उजुरी दर्ता</span>

इन्दु साह
विराटनगर । राष्ट्रिय मानव अधिकार आयोग कोशी प्रदेश कार्यालय विराटनगरमा चालु आर्थिक वर्षमा ८ वटा उजुरी दर्ता भएका छन् । यमराज आङदेम्बेका अनुसार ३३ वटा सामान्य उजुरी समेत परेका हुन् ।

कोशी प्रदेशका १४ जिल्लामध्ये ११ जिल्लाबाट उजुरी तथा गुनासो आउने गरेको कार्यालयले जनाएको छ । मोरङ जिल्लाबाट मात्र दुई वटा उजुरी दर्ता भएका छन् । ती मध्ये एउटा व्यक्ति बेपत्ता पारिएको र अर्को बाल अधिकार हननसम्बन्धी रहेको छ । सुनसरी, ताप्लेजुङ र झापा जिल्लाबाट समेत उजुरी दर्ता भएका छन् । दर्ता भएका उजुरीहरूमा सांस्कृतिक, जातीय, धार्मिक, बालबालिकाको हकहित र स्वच्छ वातावरणको हकसम्बन्धी विषय रहेका छन् ।

यस्तै कार्यालयमा आउने सामान्य उजुरीमा घरेलु हिंसाका घटना बढी रहेका छन् । अधिकृत आङदेम्बेका अनुसार पछिल्लो वर्ष विशेष प्रकृतिका उजुरी नपरे पनि सामान्य उजुरीहरू भने आएका थिए । कार्यालयमा दर्ता भएका उजुरीको छ महिनाभित्र अनुसन्धान सम्पन्न गरी केन्द्रीय कार्यालयमा विवरण पठाइने गरिएको छ । चालु आर्थिक वर्षमा दर्ता भएका केही उजुरी समाधान भइसकेको कार्यालयले जनाएको छ । मोरङ जिल्लामा घरेलु हिंसामा पुरुष समेत पर्ने गरेको उजुरी कार्यलयमा आउने गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्