झापा कारागारमा एक कैदीबन्दी मृत्यु

<span class='c1'>झापा कारागारमा एक</span> <span class='c2'>कैदीबन्दी मृत्यु</span>

झापा । जिल्ला कारागार झापामा रहेका एक कैदीबन्दीको मृत्यु भएको छ ।

ठगी मुद्दामा कारागार चलान भएका भद्रपुर नगरपालिका– १ का ४० वर्षीय मदन सिलवालको मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मंगलबार बिहान ११ बजे कारागारभित्र अचानक लडेर उनी बेहोस भएका थिए । उनलाई उपचारको लागि तत्काल प्रादेशिक अस्पताल भद्रपुर पुर्याएका थिए । तर, चिकित्सकले उनलाई मृत घोषित गरिदिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्