भ्यालेन्टाइनका प्रेम जोडीहरू पनि पाइप तान्न आउन हर्क साम्पाङको आग्रह

<span class='c1'>भ्यालेन्टाइनका प्रेम जोडीहरू पनि पाइप</span> <span class='c2'>तान्न आउन हर्क साम्पाङको आग्रह</span>

विराटनगर । धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले भ्यालेन्टाइनका प्रेम जोडीहरूलाई पनि खानेपानीको पाइप तान्न आउन आग्रह गरेका छन्।

उनले सामाजिक सञ्जाल फेसबुकबाट प्रेम अमर बनाउन चाहने र जीवनलाई वास्तविक अर्थमा चिन्न र बुझ्न चाहने सबै जोडीहरू पाइप तान्न आग्रह गरेका हुन्।

उनले आज(बिहीबार) सामाजिक सञ्जालबाट भनेका छन्,‘यसपालि चाहिँ प्रेम जोडीहरू पनि पाइप तान्न आउनु होला, आफ्नो प्रेम अमर बनाउन चाहने र जीवनलाई वास्तविक अर्थमा चिन्न र बुझ्न चाहने जति जोडीहरू सबै आउनु होला।’ अहिले सप्ताहव्यापी रुपमा मनाइने प्रणय दिवस वा प्रेम दिवस (भ्यालेन्टाइन डे’)चलिरहेको छ। यो दिवसमा गुलाफको फूल आफ्नो प्रेमी प्रेमिकालाई दियो भने प्रेम सम्बन्ध राम्रो हुन्छ भन्ने जनविश्वास रहँदै आएको छ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्