विराटनगरमा हुने राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा बेलबारी र विराटनगर भिड्ने

<span class='c1'>विराटनगरमा हुने राष्ट्रिय फुटबल प्रतियोगिताको</span> <span class='c2'>फाइनलमा बेलबारी र विराटनगर भिड्ने</span>

विराटनगर । युवा राष्ट्रको लागिको आयोजनामा विराटनगरमा जारी प्रथम खुल्ला राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा बेलबारी फुटबल क्लब र विराटनगर स्पोर्ट्स एकेडेमी भिड्ने भएका छन्।

विराटनगरस्थित जुटमिल मैदानमा शनिबार हुने फाइनल खेलमा १२ टोली सहभागी प्रतियोगितामा विजेताले नगद ५१ हजार र उपविजेताले २५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन्।

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले आयोजक समितिलाई १ लाख रुपैयाँ बराबरको बिमा प्रदान गर्ने घोषणा गरेको छ। साथै कम्पनीले प्रतियोगिताको सर्वाधिक गोलकर्तालाई ५ लाख तथा विजेता टोलीका प्रत्येक खेलाडीलाई १ लाख रुपैयाँ बराबरको बिमा गर्ने निर्णय गरेको छ।

युवा राष्ट्रको लागिका अध्यक्ष सक्रिय गौतमका अनुसार प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद २ हजार १ सय रुपैयाँ प्रदान गरिने छ। त्यसैगरी उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र सर्वाधिक गोलकर्तालाई जनही १ हजार ५ सय रुपैयाँ प्रदान गरिने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्