प्रकृती लम्सालको न्यायको माग गर्दै भारतीय दूतावास अगाडि अनेरास्ववियू प्रदर्शन

<span class='c1'>प्रकृती लम्सालको न्यायको माग गर्दै</span> <span class='c2'>भारतीय दूतावास अगाडि अनेरास्ववियू प्रदर्शन</span>

काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू)ले भारतमा नेपाली छात्राको मृत्युपछि नेपालस्थित भारतीय दूतावास अगाडि प्रदर्शन गरेको छ ।
सोमबार भारतीय विश्वविद्यालयमा नेपाली विद्यार्थीमाथि ज्यादती भएको भन्दै लैनचौरस्थित भारतीय दूतावास अगाडि प्रदर्शन गरिएको हो ।
भारतको उडिसा राज्यको भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) को होस्टलमा एक नेपाली छात्राले आत्महत्या गरेकी छन् । मृतक छात्रा रुपन्देहीको प्रकृती लम्साल रहेको बताइएको छ । 

सोही क्रममा अनेरास्ववियूका अध्यक्ष समिक बडालले प्रकृती लम्सालको हत्या भएको भनेर हत्यारालाई कारबाहीको अपिल गर्दै आन्दोलनमा रहेका नेपाली विद्यार्थीहरुलाई कलेज प्रशासनले निकाला गरेको भन्दै यस्तो कार्यको विरुद्ध आन्दोलनमा उत्रिएको बताए ।उनले भने, ‘नेपाली विद्यार्थीले सुरक्षित रुपमा आफ्नो पढाई गर्न पाउनु पर्छ । प्रकृती लम्साल जसको हत्या भएको भनेर नेपाली विद्यार्थीहरुले त्यहाँ कलेज प्रशासनलाई हत्यारालाई कारबाही गर्नको लागि अपिल गर्दै गर्दा नेपाली विद्यार्थीहरुलाई कलेज प्रशासनले निकाला गरेको कुरा आएको छ । यस्तै गर्ने हो भने हामी पनि हातमा दही जमाएर बस्दैनौ भनेर जानकारी गराउनको लागि हामी यहाँ आएका छौ ।’


यसको साथै, उनले विश्वभर रहेका नेपालीहरुको साथ र सहयोग भारतमा रहेको त्यो प्रकृती लम्साललाई न्याय दिने आन्दोलनप्रति छ भन्ने संकेत दिनको लागि पनि दूतावास अगाडि आएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्