मोरङमा एकलाख ७४ हजारले लिए राष्ट्रिय परिचयपत्र, तीनलाख ६३ हजार बढीको विवरण संकलन

<span class='c1'>मोरङमा एकलाख ७४ हजारले लिए राष्ट्रिय परिचयपत्र,</span> <span class='c2'>तीनलाख ६३ हजार बढीको विवरण संकलन</span>

इशु पन्त
विराटनगर । मोरङमा चालु आर्थिक वर्षको छ महिनामा १५ हजार ११४ जनालाई राष्ट्रिय परिचयपत्र वितरण गरिएको छ । जिल्ला प्रशासन कार्यालय मोरङले उपलब्ध गराएको तथ्यांक अनुसार चालु आर्थिक वर्षमा विवरण भराउनेको संख्या २८ हजार २७८ जना रहेका छन् ।
सरकारी कामकाजका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य भएपछि पछिल्लो समय जिल्ला प्रशासन कार्यालयमा भीड छ । मोरङमा हालसम्म ३ लाख ६३ हजार २८१ जनाले विवरण भराएका छन् ।

जिल्लाका एकलाख ७४ हजार २८१ जनाले कार्ड लिएका छन् । मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदिप साहका अनुसार प्रक्रिया पुरा गराएर आउनेहरुको विवरण संकलनमा कुनै पनि समस्या हुँदैन । चालु आथिक वर्षको पुस महिनामा ३ हजार ४ जना, मंसिरमा दुईहजार ६५०, कात्तिकमा २ हजार ७८१, असोजमा एक हजार ६०१, भदौमा २ हजार १९३ र साउनमा २ हजार ८८५ जनाले राष्ट्रिय परिचयपत्र कार्ड बुझेका छन् ।

राष्ट्रिय परिचयपत्र कतिपय सरकारी कामकाजमा अनिवार्य गरिएपछि विवरण बुझाएको १४ महिनासम्म सेवाग्राहीले पर्खनु परेको गुनासो समेत गरेका छन् । सक्कल कागजात, नागरिकता, विवाह दर्ता, बसाइसराई जस्ता कागजात आवश्यक पर्दछ । यदि कुनै सम्बन्ध विच्छेदमा गएको भए त्यसको पनि कागजात चाहिन्छ। आवश्यक पर्ने कागजात लिएर आउनका लागि अनुरोध गरिएको छ

राष्ट्रिय परिचयपत्रको सरकारी कामकाजमा अनिबार्य गरेदेखि सेवाग्राही ह्वातै बढेको छ। कार्यालय भित्रै मिलन केन्द्रले पनि परिचय पत्र फारम भर्ने सुविधाको सहजीकरण गरिरहेको छ । केहिले घर बाटै आफैं अनलाइन समेत भर्नसक्छन् । जनशक्ति कम भएको कारण लामो लाईन बस्नु पर्ने स्थिति रहेको सेवाग्राही कृष्ण अटल बताउँछन्। तीनजना मात्रै कर्मचारी रहेका कारण दैनिक आउने सेवाग्राहीको संख्यालाई सेवा दिन नसकिरहेको कर्मचारी समेत बताउँछन् ।

अर्का सेवाग्राही देवीप्रसाद पोखरेलले यस अगाडी विराटनगर ५ नम्बर वडामा भराएको विवरण दुईवर्षपछि रिजेक्ट भएको थाहा पाएको गुनासो गरेका छन् । उनले परिचयपत्र लिन जाँदा विवरण रिजेक्ट भएको जानकारी पाएपछि नम्बर सच्याएर फर्कनु परेको बताए । राष्ट्रिय परिचयपत्रको विवरण संकलन गर्दै आएका कम्प्यूटर अपरेटर घनश्याम झा दैनिक तीनसयसम्मको फोटो खिचेर विवरण संकलन गर्न गाह्रो भईरहेको बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्