पाथीभरा केबलकार निर्माणका काम तत्काल रोक्न रास्वपाको माग

<span class='c1'>पाथीभरा केबलकार निर्माणका काम</span> <span class='c2'>तत्काल रोक्न रास्वपाको माग</span>

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तोसिमा कार्कीले ताप्लेजुङको पाथीभरा (मुकुम्लुङ) मा केबलकार निर्माणका कार्यहरु तत्कालका लागि रोक्न माग गरेकी छन् ।

आज(आइतबार) प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले तत्काल निर्माण कार्य रोकी आन्दोलनतर पक्षसँग वार्ता गरि सहमति गर्न र थुनामा रहेका नागरिकलाई तत्काल रिहा गर्न माग गरेकी हुन् ।

उनले भनिन्,‘पटक पटक प्रहरी प्रशासन र नागरिकबीच झडप हुने, आन्दोलनकारीहरु घाइते हुनेहुँदै आइरहेको छ । गोली समेत चल्ने र करोडौंको क्षति हुने गरेको छ । हिजोमात्र त्यहाँ अशान्त र असामान्य स्थिति देखापर्यो । अहिले निषेधाज्ञा लागेको छ । यसरी राज्यको अर्कमर्णयताका कारण नागरिकहरु ‘एस’ केवलकार र ‘नो केवलकार’ को रुपमा विभाजित भएका छन् । अराजक भएका छन् । आक्रोशित छन् । तर,सरकारले उचित निकास दिन सकेका छैनन् । समाजवादको नारा भजाउने पार्टीहरु नै सरकारमा छन्, ‘सरकारले जनताप्रति देखाएको अभिभावकत्व यही हो त ? । त्यहाँ संरचनहरु बनाउँदा विवादरहित बनाउनेपर्ने दायित्व त्यहाँको सम्बन्धित आयोजना समिति र राज्यको हो । तर, त्यसो भएन् । यसअघि पनि सम्झौता भएको थियो । त्यसो हुन सकेन् । माघ २२ गते पनि सम्झौता भयो, कार्यान्वयन हुन सकेन् । निशर्त रिहा गर्ने भनिएकोमा धरौटीमा रिहा गरिएको छ । सहमति उल्लंघन भएको छ ।

नागरिकप्रति विश्वास डगमगाएको छ । जुन ठाउँमा विकास निर्माणको काम हुँदैछ । त्यही ठाउँमा नागरिकलाई लाठ्ठी प्रहार गरेर, नागरिकमाथि गोली प्रहार गरेर, जनता मारेर गरिने विकासलाई विकास भन्ने कि विनास ? । हामी समग्र पार्टीको तर्फबाट यो निर्माण कार्य तत्काल रोक्न माग गर्दछौं ।’
साथै उनले आन्दोलनकारी र सरकारबीच भएको सहमित सरकारले उल्लंघन गरेको बताइन् । आन्दोलनकारीलाई गोली हानेर विकास नहुने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्