विराटनगरका खानेपानी सुधार आयोजना : सामान नआउँदा खनिएको क्षेत्र कालोपत्रेमा ढिलाई

<span class='c1'>विराटनगरका खानेपानी सुधार आयोजना : सामान</span> <span class='c2'>नआउँदा खनिएको क्षेत्र कालोपत्रेमा ढिलाई</span>

इन्दु साह
विराटनगर । विराटनगरमा जापान अन्तराष्ट्रिय सहयोग नियोगको अनुदान सहयोगमा खानेपानी सुधार आयोजना सञ्चालनमा छ ।

जापान सरकारको सहयोगमा सुमिजु कर्पोरेशनले खानेपानी सुधार आयोजनाका लागि शहरका कालोपत्रे सडकको दुवै साइड खनेर पाइप बिछ्याउने कार्य गरिरहेको छ ।

तर, गर्मी लागेसँगै कालोपत्रे सडक खनेर पाइप पुरिएको ठाउँबाट धुलो उठ्न थालेको छ । यसले नागरिकको दैनिकीलाई असर पर्ने भन्दै पाइप विस्तारसँगै सडक कालोपत्रे गर्ने काम अलमलमा परेकोप्रति नागरिकले चासो राख्न थालेका हुन् ।
पाइप बिछ्याउन खनिएको सडक तत्काल कालोपत्रे नहुँदा फागुन चैतमा धुलो उड्ने र वर्षात्मा हिलो हुने चिन्ता जाहेर गरिएको छ । सुरुमा भनिए अनुसार काम नहुँदा नागरिकले राखेको चासो जायज भएपनि परियोजना सञ्चालन गरिरहेको सुमिजु कर्पोरेशनले भने केहि सामान आयात हुन समय लागेकोले ढिला भईरहेको जनाएको छ । सुमिजु कर्पोरेशनका आवासीय इन्जिनियर शुजी सोडाका अनुसार विदेशबाट आउने साम्राग्रीका कारण पाईप विस्तार भएका स्थान कालोपत्रे गर्न ढिलाई भइरहेको बताए । उनले भने पाईप विस्तारपछि शाखा पाईप जडान गर्ने सामाग्री आउन ढिलाई भएकोले सडकलाई जस्ताको तस्तै बनाउन ढिलो भएको हो ।

सामाग्री आउन साथ सडक कालोपत्र गरिने ईन्जिनियर सोडाको भनाई छ । उनका अनुसार मंगलबार कुनै एक स्थानमा कालोपत्रे गरेर परीक्षण भने गरिनेछ । त्यस पछि फागुन अन्तिम वा चैतको पहिलो हप्तादेखि क्रमशः कालोपत्रेको काम गरिने दावी छ । जाईका आयोजनाका परामर्शदाता राजेश कुशैतले कालोपत्रे नहुनज्जेल सम्मका लागी विकल्पका रुपमा दैनिक पानी छर्केर धुलो उड्न नदिने दावी गरेका छन् । विराटनगरमा ५७ किलो मिटर खानेपानीको पाईप विस्तार कार्य भईरहेको छ। जाइकाको सहयोगमा सिमिजु कर्पोरेशनद्वारा कार्यान्वयन हुने यो परियोजनाले शहरको पुरानो र जीर्ण खानेपानी वितरण प्रणालीलाई पुनःनिर्माण गर्न लागिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्