शून्यबाट करोडसम्म शर्माको प्रगति(भिडियाेसहित)

<span class='c1'>शून्यबाट करोडसम्म</span> <span class='c2'>शर्माको प्रगति(भिडियाेसहित)</span>

विराटनगर । विराटनगर महानगरपालिका– ६ सरोचियाका सेठुवा शर्माले गार्मेन्ट उद्योग सुरु गरेको १६ वर्ष भयो । करिब पाँच वर्ष उनले अरुको उद्योगमा मजदुरी गरेका थिए। त्यसबेला उद्योग सुरु गर्नका लागि शर्मासँग लगानी गर्ने पैसा थिएन। उधारोमा कपडा ल्याएर सुरु गरेको उद्योगलाई विस्तार गर्दै उनले दुई करोड हाराहारी पुर्याएका छन् । उद्योगमा १३–१४ जनालाई नियमित रोजगारी दिएका छन् ।

भाडाको कोठाबाट सुरु गरेका उद्योगका लागि अहिले छुट्टै संरचना बनाइ सकेका छन् । गार्मेन्ट उद्योगकै आम्दानीबाट उनले घर पनि बनाएका छन् । ‘ सुरुमा केही थिएन, शून्यबाट सुरु गरे, आफै काम गरे,’ उनी भन्छन्,‘ काम बढ्दै गएपछि मान्छे राखेर काम गरे ।’
अहिले उनको उद्योगमा २१–२२ वटा मेसिन राखेर काम गराइरहेका छन् ।

उनलाई व्यवसाय सञ्चालनका लागि जीवन विकास लघुवित्त वित्तीय संस्थाले ऋण सहयोग गरिरहेको छ । उनकी श्रीमती रन्जुदेवी एक दशकदेखि जीवन विकासको सदस्य छिन् । ‘जीवन विकासको सहयोग राम्रो छ, मैले त्यहाँ (जीवन विकासं) बाट व्यवहार चलाएको छु,’ उनी भन्छन् ,‘भनेको बेला सहयोग गरेको छ ।’

शर्माको उद्योगमा सिजन अनुसार नयाँ डिजाइनका कपडा उत्पादन हुन्छ । उत्पादित कपडा देशका विभिन्न बजारमा पुग्छ । उनले कपडा बिक्रीका लागि विराटनगरमा आफ्नै होलसेल पसल पनि खोलेका छन् ।

उनले गार्मेन्ट उद्योगलाई व्यवस्थित बनाएर विस्तार गर्दै लैजाने योजना पनि बनाएका छन् । उनी भन्छन् अझै ३०–४० जनालाई रोजगारी दिने सोच छ ।

भिडियो हेर्नुहोस् :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्