जीवन विकासको १९ शाखामा केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

<span class='c1'>जीवन विकासको १९ शाखामा केन्द्र प्रमुख</span> <span class='c2'>गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न</span>

विराटनगर । जीवन विकास लघुवित्त वित्तीय संस्थाले १९ शाखा कार्यालयहरुमा केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

जीवन विकासले हरेक शाखामा २–२ वर्षमा केन्द्र प्रमुख गोष्ठी तथा सदस्यलाई वित्तीय सचेतनाका लागि वित्तीय साक्षरता गोष्ठी सञ्चालन गर्दै आएको छ । फागुन ८ गते देखि ११ गतेसम्म १६० शाखा मध्ये १९ वटा शाखामा कार्यक्रम आयाेजना गरेकाे हाे ।

जीवन विकासले भारदह, सोनबर्षा, खयरमारा, इटाभट्टा, राजगढ, किसानपुर, बुधनगर, औरही, बनियानी, नाढीताल, टाघडुब्बा, सबैला, मझारे, पतारी, खुदुनावारी, हनुमानचौक, दमक, अमाही र नर्घोमा केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम गरेको थियो ।

सबै शाखाले आफ्ना कार्यक्षेत्रका अति विपन्न बालबालिकाकालाई एक वर्षका लागि आवश्यक शैक्षिक सामग्री व्यहोर्ने गरी छात्रवृत्ति प्रदान गरेका थिए ।

शाखामा रहेका उत्कृष्ट बचतकर्ता, ह्युमन एटिएम, ऋणी, उद्यमी तथा केन्द्रहरुलाई पुरस्कार प्रदान गरिएको थियो । वित्तीय साक्षरता प्रदान गरिने यस्ता कार्यक्रम मार्फत संस्थाले सदस्यकाे गुनासोकाे सुनुवाई पनि गर्छ ।

राष्ट्रिय स्तरको कार्यक्षेत्र भएको जीवन विकासकाे कोशी प्रदेश, मधेश र बागमती प्रदेशका ३१ जिल्लामा १६० वटा शाखा कार्यालय छन् । ती शाखा मार्फत करिब ३ लाख ५० हजार विपन्न परिवार आवद्ध भइ कारोबार गरिरहेका छन् । वित्तीय संस्थाबाट करिब २ लाख सदस्यहरुले ऋण लिएर आर्थिक प्रगति गरिरहेका छन् । जीवन विकासले २७ अर्व भन्दा बढी ऋण कारोबार र ११ अर्व भन्दा बढी बचत परिचालन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्