विराटनगर । विराटनगर जुनियर जेसिजका निवर्तमान अध्यक्ष तथा सक्रिय युवा नेतृत्वकर्ता जु जेसि गौरव कर्णलाई नेपाल जेसिज वर्ष २०२५ का लागि "National Junior Jaycees, Area-A Coordinator" पदमा मनोनयन गरिएको छ।
नेपाल जेसिजका राष्ट्रिय अध्यक्ष जेसि राजनी थापाले हस्ताक्षरित पत्रमार्फत कर्णको मनोनयन घोषणा गर्दै, युवा नेतृत्व विकास, प्रभावशाली कार्यक्रम सञ्चालन, र सकारात्मक सामाजिक परिवर्तनमा उहाँको योगदानको उच्च प्रशंसा गर्नुभएको छ।
जेसि गौरव कर्णले आफ्नो नयाँ जिम्मेवारीलाई प्रतिबद्धताका साथ निभाउने प्रतिवद्धता व्यक्त गर्दै, सम्पूर्ण जेसिज परिवारलाई धन्यवाद दिएका छन्। साथै, उनले जुनियर जेसिज अभियानलाई प्रभावकारी बनाउन विभिन्न कार्यक्रम तथा तालिम सञ्चालन गर्ने योजना रहेको बताएका छन्।
उक्त मनोनयनले बिराटनगर जुनियर जेसिज तथा समग्र कोशी प्रदेशका जेसिज सदस्यहरूलाई थप प्रेरित गर्ने विश्वास गरिएको छ।