उत्तर कोरियाले युक्रेन विरुद्धको युद्धलाई समर्थन गर्न रुसमा थप सेना पठाएको देखिन्छ : सियोल

<span class='c1'>उत्तर कोरियाले युक्रेन विरुद्धको युद्धलाई समर्थन गर्न</span> <span class='c2'>रुसमा थप सेना पठाएको देखिन्छ : सियोल</span>

सियोल । दक्षिण कोरियाको जासुसी एजेन्सीले बुधबार उत्तर कोरियाले रुस–युक्रेन मोर्चामा तैनाथ आफ्ना सैनिकहरूको ठूलो क्षति भएपछि रुसमा थप सेना पठाएको देखिन्छ भनी बताएको छ ।

राष्ट्रिय गुप्तचर सेवा (एनआइएस) ले एक संक्षिप्त विज्ञप्तिमा उत्तर कोरियाले रुसमा कति सैनिक तैनाथ गरेको छ भनेर यकिन गर्ने प्रयास गरिरहेको बताएको छ ।

यस क्षेत्रबाट अस्थायी रूपमा फिर्ता भएको रिपोर्टपछि फेब्रुअरीको पहिलो हप्तामा उत्तर कोरियाली सेनालाई रुसको कुर्स्क क्षेत्रका मोर्चाहरूमा पुनः तैनाथ गरिएको एनआइएसले अनुमान गरेको छ ।

युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले फेब्रुअरी ७ मा एक सम्बोधनमा कुर्स्कमा नयाँ युक्रेनी आक्रमणको पुष्टि गर्नुभयो र उत्तर कोरियाली सेनाहरू त्यहाँ रूसी सेनाका साथमा लडिरहेको बताउनुभयो ।

अमेरिकी, दक्षिण कोरियाली र युक्रेनी गुप्तचर अधिकारीहरूका अनुसार उत्तर कोरियाले रूसलाई ठूलो मात्रामा परम्परागत हतियारहरू आपूर्ति गरिरहेको छ र गत शरदमा यसले रूसमा लगभग १० हजारदेखि १२ हजार सैनिक पठाएको थियो ।

उत्तर कोरियाली सैनिकहरू अत्यधिक अनुशासित र राम्ररी प्रशिक्षित छन् तर पर्यवेक्षकहरूका अनुसार उनीहरू युद्ध अनुभवको कमी र भूभागको अपरिचितताका कारण रूस–युक्रेन युद्ध क्षेत्रमा ड्रोन र तोपखाना आक्रमणका लागि सजिलो लक्ष्य बनेका छन् ।

जनवरीमा एनआइएसले करिब तीन सय उत्तर कोरियाली सैनिकको मृत्यु भएको र अन्य दुई हजार सात सय घाइते भएको बताएको थियो ।

जेलेन्स्कीले यसअघि उत्तर कोरियामा मारिएका वा घाइते भएका व्यक्तिको सङ्ख्या चार हजार रहेको बताउनुभएको थियो तर अमेरिकाको अनुमान अनुसार यो सङ्ख्या करिब एक हजार दुई सयभन्दा कम थियो ।

यसअघि बुधबार दक्षिण कोरियाको समाचार पत्र जोङआङ इल्बोले अज्ञात स्रोतलाई उद्धृत गर्दै जनवरीदेखि फेब्रुअरीसम्म कुर्स्कमा थप एक हजारदेखि तीन हजार उत्तर कोरियाली सैनिक तैनाथ गरिएको जनाएको थियो ।

रूसले उत्तर कोरियालाई उच्च–प्रविधिको हतियार प्रविधिहरू हस्तान्तरण गरेर पुरस्कृत गर्न सक्छ जसले यसको आणविक हतियार कार्यक्रमलाई तीव्र रूपमा बढाउन सक्छ भन्नेमा दक्षिण कोरिया, अमेरिका र उनीहरूका साझेदारहरू चिन्तित छन् । उत्तर कोरियाले रूसबाट आर्थिक र अन्य सहायता पनि प्राप्त गर्ने अपेक्षा गरिएको छ ।

गत हप्ता साउदी अरबमा भएको वार्तामा रूस र अमेरिका युद्ध अन्त्य गर्ने र आफ्नो कूटनीतिक र आर्थिक सम्बन्धहरू सुधार गर्ने दिशामा काम सुरु गर्न सहमत भएका थिए ।

वार्तामा युक्रेनी अधिकारीहरू उपस्थित थिएनन् । त्यसले राष्ट्रपति डोनाल्ड ट्रम्पअन्तर्गत अमेरिकी विदेश नीतिमा असाधारण परिवर्तन र युक्रेनमा युद्धका कारण रूसलाई अलग–थलग पार्ने अमेरिका–नेतृत्वको प्रयासबाट स्पष्ट विचलनलाई देखाएको थियो ।

पर्यवेक्षकहरूका अनुसार उत्तर कोरियाली नेता किम जोङ उनले युद्ध समाप्त हुनुअघि थप रूसी सहायता प्राप्त गर्न रूसमा थप सैनिकहरू पठाउन सक्नुहुनेछ । रासस/एपी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्