झापामा जङ्गली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु

<span class='c1'>झापामा जङ्गली हात्तीको आक्रमणबाट</span> <span class='c2'>एक बृद्धको मृत्यु</span>

झापा । जङ्गली हात्तीको आक्रमणबाट आज एक बृद्धको मृत्यु भएको छ । हल्दिबारी गाउँपालिका–४ का ७६ बर्षीय भीमप्रसाद भट्टराईको मृत्यु भएको डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईले जानकारी दिनुभयो ।

चौकी सामुदायिक वन हल्दिबारीमा दिउँसो घाँट काट्न जानुभएका भट्टराईलाई हात्तीले आक्रमण गरेर मारेको प्रमुख राईले बताउनुभयो । मृतकको शव पोस्टमार्टमका लागि प्रदेशिक अस्पताल, भद्रपुर पठाइएको र घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु
यसैबीच आज यहाँको छुट्टाछुट्टै स्थानमा भएको मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका–४ का १७ बर्षीय सुरज राजवंशी र कचनकवल गाउँपालिका–३ का १९ बर्षीय गोविन्द राजवंशी रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सुरज राजवंशी हुलाकी राजमार्गस्थित गौरीगञ्ज गाउँपालिका–१ मा बा६५प८७८६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडक छेउमा रहेको पिलरमा ठोकिँदा गम्भीर घाइते हुनुभएको थियो । उपचारका लागि उहाँलाई दमक अस्पताल पठाइएको थियो । उपचारकै क्रममा उहाँको मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यसैगरी, विर्तामोड नगरपालिका–२ को भित्री सडकखण्डको लालमाटी चोकबाट रामचोक आउँदै गरेको म.प्र.–०३–०२५ प ९५०१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किँदा गोविन्द गम्भीर घाइते हुनुभएको थियो । उहाँलाई उपचारका लागि विर्तामोडस्थित विएण्डसी अस्पताल लगिएको थियो । उपचारकै क्रममा उहाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

सोही मोटरसाइकलमा पछाडि सवार सोही वडामा बस्ने १८ बर्षीय अमित राजा घाइते हुनुभएको र उहाँको विएण्डसी अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्