केपी ओली कपमा आज उपाधिका लागि मछिन्द्र र आर्मी भिड्दै

<span class='c1'>केपी ओली कपमा आज उपाधिका</span> <span class='c2'>लागि मछिन्द्र र आर्मी भिड्दै</span>

काठमाडौं । केपी ओली कप च्याम्पियनसिप फुटबलमा उपाधिका लागि आज मछिन्द्र क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुँदैछ।

खेल काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा अपराह्न साढे ५ बजे सुरु हुनेछ ।

मछिन्द्र क्लब सेमिफाइनलमा आयोजक केपी ओली एफसीलाई हराउँदै फाइनलमा पुगेको हो भने संकटालाई पराजित गर्दै त्रिभुवन आर्मीले फाइनल यात्रा तय गरेको हो । ९ टोली सहभागी प्रतियोगिताको विजेताले १५ लाख ११ हजार १११ र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउने छन् ।

यसैबीच, फाइनल खेल हेर्न फिफा विश्वकप विजेता तथा इटालीका पूर्वगोलकिपर जियानलुजी बफोन नेपाल नेपाल आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्