नेकपा एमाले मोरङ : चार घण्टापछि मतदाता नामावली प्रकाशन

<span class='c1'>नेकपा एमाले मोरङ : चार</span> <span class='c2'>घण्टापछि मतदाता नामावली प्रकाशन</span>

विराटनगर । नेकपा एमाले मोरङको १० औं जिल्ला अधिवेशन अन्तर्गत मतदाता नामवली प्रकाशन गरेको छ । सोमबार चार घण्टा ढिलो गरीकन मतदाता नामावली टाँस गरिएको हो । बिहान ८ बजेको निर्वाचन कार्यतालिका ११ः४५ बाट सुरु भएको छ ।

निर्वाचन कमिटीले टाँस गरेको सूचनाअनुसार, १० औं जिल्ला अधिवेशनमा भूगोलतर्फ ७४५, जनसंगठनतर्फ १२० र मनोनित ४६ गरी जम्मा ९११ प्रतिनिधि कायम भएका छन् ।

निर्वाचन सम्पन्न गर्न एमाले केन्द्रीय निर्वाचन आयोगका सदस्य समीर नेपालको नेतृत्वमा बरिष्ठ अधिवक्ता सुरेशलाल श्रेष्ठको संयोजकत्वमा सात सदस्यीय निर्वाचन कमिटीले अब यस पछाडीको निर्वाचन प्रक्रिया अगाडी बढाउनेछ ।

एमाले मोरङको १० औं अधिवेशन शनिबारबाट सुरु भएको हो । अधिवेशनको आइतबार सम्पन्न बन्दसत्रले राजनीतिक, सांगठनिक तथा आर्थिक प्रतिवेदन पारित गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्