विराटनगर । हिमानी कोष स्वयम सेवक परिवार मोरङले एक दिने निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ ।
मोरङको ग्रामथान ७ स्थित धोवियारेमा पारस मल्टी स्पेसियालिटी हस्पिटल प्रा.लिको प्राविधीक सहयोग तथा धोबियारे समृद्धि बहु उद्देश्यीय सहकारीको समन्वयमा एकदिने निशुल्क स्वास्थ्य शिविर आयोजना गरेको हो ।
स्वास्थ्य शिविरमा स्थानिय ग्रामथानवासीहरुको सुगर , ब्लड प्रेसर, नाक, कान, घाटी, मुटुरोग , हाडजोर्नी तथा नशा रोग सम्बन्धी चेकजाँच गरिएको हिमानी कोष स्वयम सेवक परिवार मोरङका अध्यक्ष संन्दिप घिमिरेले जानकारी दिनुभयो । एकदिने निशुल्क स्वास्थ्य शिविरमा पारस हस्पिटलका बरिष्ट कन्सल्टेन्ट जनरल एवम ल्याप्रोस्कोपिक सर्जन डा.सफिउर रहमान ,सिनियर कन्सल्टेन्ट फिजिसियन डा. सैयद वकर अहमद ,बरिष्ठ नाक कान घाटी रोग विशेषज्ञ डां संजिव कुमार ठाकुर, बरिष्ठ हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा. फैयाज अन्सारी लगायत हस्पिटलका प्रतिनिधीहरुको उपस्थिती रहेको थियो । निशुल्क स्वास्थ्य शिविरमा विरामीलाई स्वास्थ्य चेकजाँचसँगै निशुल्क औषधी समेत वितरणा गरिएको हिमानी कोष स्वयम सेवक परिवारकी सदस्य रमा प्रसाईले जानकारी दिनुभयो ।