मोवाइल लुटने पक्राउ नगरी उर्लाबारीमा सुन पसल लुटपाट

<span class='c1'>मोवाइल लुटने पक्राउ नगरी</span> <span class='c2'>उर्लाबारीमा सुन पसल लुटपाट</span>

विरााटनगर । पछिल्लो समय मोरङमा चोरले नयाँनयाँ दाउ लगाएर चोर्ने शैली अपनाउन थालेको छ । पछिल्लो एक महिनाको अवधीमा उर्लाबारीमा दोस्रो पटक चोरी भएको छ । यस अगाडी मोवाइल पसलबाट चोरी भएको थियो । त्यसमा संलग्न पक्राउ गर्न नपाईकन सुन पसल चोरी भएको हो ।

उर्लाबारी नगरपालिका वडा नं. ४ आइतबारे चोकस्थित न्यू पाथीभरा ज्वेलर्समा चोरी भएको छ । यहाँ चोर्ने चोरले भने सिसी टिभीको हार्डडिक्स समेत लिएर गएको खुलेको छ । चोर्न आउनेले ३० केजी चाँदी र ढेड तोला सुन लगेको मोरङ प्रहरीका प्रवक्ता बेदप्रकाश जोशीले जानकारी दिए । अर्को अचम्म चाँहि सुनचाँदी पसल फोडेर चोरी गर्न आएकाले पसलमा भएको सबै सुन समेत नलगेको खुलेको छ । प्रवक्ता जोशीले भने–चाँदी चाँहि ३० केजी लगेको र सुन चाँहि ढेड तोला भन्ने प्रारम्भिक विवरणमा खुलेको छ, पसलमा भएको अरु सुन चाँहि लगेनछ । चोरले अपनाएको बठ्याँई भनेको सिसी टिभीको हार्डडिक्स लानु हो, जसले प्रहरीलाई संलग्न पहिचान गर्न अन्य मार्ग खोज्नुपर्ने अवस्था सिर्जना गरिदिएको छ ।

सुन पसलमा प्रवेश गर्न पछाडिपट्टीको पर्खाल नै फोरिएको छ । सत्र वर्षदेखि सञ्चालनमा रहेको न्यू पाथिभरा ज्वेलर्सका सञ्चालक रमेश गजमेर बराइली बिहान ८ बजे पसल खोल्न जाँदा पछाडिको भित्ता भत्काइएको देखेपछि चोरी भएको थाहा पाएका थिए । त्यसपछि इलाका प्रहरी कार्यालय उर्लाबारीलाई घटनाको बारेमा जानकारी गराएका थिए ।

यस अगाडी इलाका प्रहरी कार्यालय नजिकै उर्लाबारी–५ चौकमा रहेको मोबाइल वल्र्डमा चोरी भएको थियो । त्यसबेला करिब ३ करोड बराबरको मोबाइल चोरीमा संलग्न अहिलेसम्म पक्राउ परेका छैनन् । प्रहरीले मोवाइल चोरीमा संलग्नहरु भारतमा पक्राउ परिसकेको दावी गर्दै आएको छ । यद्यपी नेपालबाट गएको प्रहरीको टोलि फर्किसकेको छैन । इलाका प्रहरी कार्यालय आसपासमा चोरी हुने कुरालाई कमजोार प्रहरी सुरक्षा निगरानी मानिएको छ । इलाका प्रहरी कार्यालय उर्लाबारीमा प्रहरी निरीक्षकले कमाण्ड सम्हाल्छन् ।

उसो त विराटनगर महानगरपालिका भित्रैबाट केहिदिन अगाडी एउटा सोरुम फोडेर कार चोरी भएको थियो । कार चोरीमा संलग्नलाई प्रहरीले पक्राउ गरिसकेको छ । मोरङमा चोरीका घटना बढेसँगै यसले व्यवसायिक वातावरणलाई त्रस्त बनाउनसक्ने संकेत देखा परिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्