विराटनगरमा एमाले मोरङ अधिवेशन : लम्बिएको लम्बियै, निर्वाचन आजै सुरु हुनेमा शंका

<span class='c1'>विराटनगरमा एमाले मोरङ अधिवेशन : लम्बिएको</span> <span class='c2'>लम्बियै, निर्वाचन आजै सुरु हुनेमा शंका</span>

विराटनगर । नेकपा एमाले मोरङको १० औँ अधिवेशन नेतृत्व चयनमा पुगेर पुनः अलमलमा फसेको छ । मंगलबार नयाँ नेतृत्व निर्वाचित गर्नका लागि तोकिएको मतदानको समय घर्काउँदै लगिएको छ । सहमतिको प्रयासका लागि भन्दै मतदानको समय बिहान ९ बजेबाट दिउँसो २ बजेका लागि सारिएको छ ।

यद्यपी यहि क्रममा समय सार्ने काम भईरहँदा आजै निर्वाचन हुनसक्ने संभावना टार्न खोजिएको प्रतिनिधिहरु नै बताउँछन् । निर्वाचन समितिले बिहान ९ बजेबाट मतदान सुरु गर्ने बताएपनि अहिले २ बजेलाई भनिएको छ ।
पाँच पदाधिकारीसहित १६५ जनाको जिल्ला कमिटी निर्वाचित हुनेछन् । यसका लागि ३२५ जनाले उम्मेदवारी दिएका थिए । मनोनयन फिर्ता लिने क्रम पनि अहिलेसम्म जारी छ । मनोनयन फिर्ताको समय नसकिदाँ सम्म मतपत्र तयार पार्ने संभावना हुँदैन ।

नेकपा एमाले मोरङको नयाँ नेतृत्वका लागि संस्थापन पक्षबाट अध्यक्ष राजकुमार ओझाको नेतृत्वमा प्यानल बनेको छ । बिनोद ढकाल समूहबाट अजम्बर राई नेतृत्वमा प्यानल बनेको छ । ओझा नेतृत्वमा शान्ति लिम्बू, रबिन थापा, शिल्पा निराला कार्की र इर्जालाल राजबंशी क्रमशः पदाधिकारीका उमेदवार हुन् । अजम्बर राई नेतृत्वमा सागर थापा, सोमराज थापा, सन्तोष बान्तवा र उषा झा क्रमशः पदाधिकारी उमेदवार हुन् ।

अहिलेसम्मको स्थिति हेर्दा पदाधिकारीमा उपसचिवको नतिजा निर्वाचन नगई आउनसक्ने संभावना देखिएको छ । शनिबारदेखि शुरू भएको अधिवेशन सोमबार सम्पन्न गर्ने तयारी थियो । तर, नेतृत्वको छनोट प्रक्रिया लोकतान्त्रिक प्रक्रिया अन्तर्गत निर्वाचनमा जाने कुरा डगमगाई रहेका कारण अधिवेशन लम्बिएको हो । दुवै पक्ष पदाधिकारीदेखि सदस्यसम्म प्यानल बनाएर मैदानमा उत्रिएका छन् । अधिवेशनका लागि ९ सय ११ जना प्रतिनिधि छन् । हालसम्म कतिपय पालिकाबाट निर्वाचित हुने तथा मजदुरबाट निर्वाचित हुनेहरु सर्वसम्मत समेत भईसकेका छन् । तर, उमेदवारको अन्तिम नामावली सार्वजानिक नहुँदा को को निर्वाचित भएका हुन् भन्ने आधिकारिक घोषणा भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्