विराटनगर । विराटनगरका पत्रकार नवीन कर्णलाई हरिनारायण विष्णुमाया श्रेष्ठ पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।
मकालु टेलिभिजनका वरिष्ठ समाचारदाता कर्णलाई झापाको अर्जुनधारा गाउँपालिका–११ स्थित जंगबीर गुभाजु श्रेष्ठ प्रतिष्ठानले “हरिनारायण विष्णुमाया श्रेष्ठ” पत्रकारिता पुरस्कार प्रदान गरेको हो ।
जंगबीर गुभाजु प्रतिष्ठानको १५औं साधारण सभामा कार्यक्रमका प्रमुख अतिथि त्रिफला राष्ट्रिय पुस्तकालय धुलाबारीका अध्यक्ष प्रेमप्रकाश फलारी र प्रतिष्ठानका अध्यक्ष बाबुराम श्रेष्ठ “वर्षा” ले कर्णलाई १२ हजार नगद सहित प्रमाणपत्र प्रदान गरेका थिए ।
प्रेस सेन्टर नेपाल मोरङका अध्यक्ष पत्रकार कर्ण दुई दशक भन्दा बढी समयदेखि पत्रकारिता क्षेत्रमा आबद्ध रहेका छन् ।