यो साताबाट बजारमा इन्धन समस्या हट्ने निगम प्रमुखको दाबी

<span class='c1'>यो साताबाट बजारमा इन्धन समस्या</span> <span class='c2'>हट्ने निगम प्रमुखको दाबी</span>

बिराटनगर फाल्गुन १९ , मोरङका प्रमुख जिल्ला अधिकारि यज्ञराज कोइरालालाई पुर्वका १२ जिल्लाबाट इन्धन खोई भन्दै जब प्रश्न आउन थाल्यो, अनि मात्रै चर्किएको इन्धन समस्याबारे निकि गहिरिएर अध्ययन थालियो । मोरङमा शान्ति सुरक्षा कायम गर्ने खटिएका प्रजिअले विराटनगरमा आयल निगमको क्षेत्रिय कार्यालय भ​एकै कारण अरु जिल्लाको समेत आलोचना खेप्नु परेपछि इन्धन समस्याका कारण खोज्न अभियानै चलाइयो। पेट्रोलियम पदार्थको अभाव चर्काउने पक्षहरुको विवरण तयार पारियो। हिजो आयल निगमका क्षेत्रिय प्रमुख दिनेश यादवलाई साचि राखेर गरिएको पत्रकार सम्मेलनमा मिनरल वाटरको बोतलमा बेचन राखिएको पेट्रोलदेखि ड्रममा भरिएको डिजलसमेत बरामद गरिएको जनकारि दि इयो। इन्धन अभावले चरम रुप लिएपछि मंगलबार राजनितिक दल सहितले बैठकले ५ बुँदे निर्णय गर्दै समाधानका लागि सबै प्रयत्न गर्ने निर्णय भइसकेको प्रजिअ कोइरालाले पत्रकारहरुसङ्गको छलफलमा जानकारि दिए।

 

भारतको बरौनिबाट तिन दिन लाग्ने ढुवानि प्रक्रियाल​ऐइ छोट्याएर दुईदिनमा झार्न पहल भइरहेको बताए। नेपालमा अहिले भारतभन्दा १६ रुपैया सस्तोमा इन्धन भर्न पाइन्छ। भन्सार कार्यलय रानिको विवरण अनुसार दैनिक सरदर ४ सयवटा ठुला साना भारतिय मालबाहक गाडि विराटनगरतर्फ भित्रिन्छन्। बुधबार मात्रै हाटखोलाको गणपति पेट्रोल पम्पबाट ड्रममा भरेर सुनसरितर्फ लैजादै गरेको थप ४० लिटर डिजल बरामद गरि भन्सार कार्यलयमा बुझाएको मोरङ प्रहरि प्रमुख एसपि सन्दिप भण्डारि जानकारि दिए। आयल निगमका प्रमुखले भने केहि दिन अघि भ​एको बन्द हड्तालका कारण बजारमा इन्धन अभाव भ​एको बताए। पम्पहरुलाई माग भन्दा दोब्बर मात्रामा इन्धन उपलब्ध गराइरहेको दाबि उनले गरे। तर निगमबाट पठाइएको इन्धन कहा जान्छ भन्ने प्रश्नको उनले स्पष्ट जवाफ दिएनन्। यादवले यो साता बाट बजारमा इन्धन समस्या हट्ने दाबि गरे। प्रजिअ कोइरालाले सबै पारदर्शि बनाउनु पर्यो भने पछि यादवले इन्धन आयात र वितरणको दैनिक जनकारी सार्वजनिक गर्ने प्रतिवद्धता जनाएकाे समाचार अाजकाे उद्घाेष राष्ट्रिय दैनिकमा अाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्