मछिन्द्र क्लब ‘वीरगञ्ज गोल्डकप’को फाइनलमा

<span class='c1'>मछिन्द्र क्लब ‘वीरगञ्ज</span> <span class='c2'>गोल्डकप’को फाइनलमा</span>

वीरगञ्ज (पर्सा) । मछिन्द्र क्लब दोस्रो वीरगञ्ज गोल्डकप प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

वीरगञ्जको आर्दशनगर रङ्गशालामा आज भएको खेलमा मछिन्द्र क्लबले सहलेश युवा क्लब, सिरहालाई ३–१ गोलअन्तरले हराएको हो । स्टेफन जेलीले खेलको १०औँ मिनेटमा गोल गर्दै मछिन्द्र क्लबलाई अग्रता दिलाएका थिए । जेलीले नै खेलको १३औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै सहलेश युवा क्लबसँगको अग्रता दोब्बर बनाए ।

यस्तै मछिन्द्र क्लबका आदित्य शाक्यले खेलको ६५औँ मिनेटमा तेस्रो गोल गरे । खेलको ९२औँ मिनेटमा सहलेश युवा क्लबका तर्फबाट बेन ब्रहामिनले सान्त्वना गोल गरे । उक्त खेलमा मछिन्द्रका स्टेफन जेलीले म्यान अफ दी म्याद घोषित हुँदै रु १० हजार पुरस्कार प्राप्त गरे । मछिन्द्रले शनिबार हुने फाइनल खेलमा साविक विजेता नेपाल पुलिस क्लबसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।

यही फागुन १७ गतेदेखि सुरु भएको वीरगञ्ज गोल्डकपको विजेताले रु ११ लाख ११ हजार एक सय ११ तथा उपविजेताले रु पाँच लाख ५५ हजार पाँच सय ५५, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वाेकृष्ट खेलाडीलाई स्कुटर तथा उत्कृष्ट गोलरक्षक र उत्कृष्ट प्रशिक्षकलाई जनही रु २० हजार पुरस्कार प्रदान गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्