दाज्जु ग्राण्डमास्टर चेस प्रतियोगिताको उपाधि पर्शुराम खानलाई

<span class='c1'>दाज्जु ग्राण्डमास्टर चेस प्रतियोगिताको</span> <span class='c2'>उपाधि पर्शुराम खानलाई</span>

विराटनगर । विराटनगरको लोकप्रिय दाज्जु चिया पसलद्वारा आयोजित “दाज्जु ग्राण्डमास्टर चेस प्रतियोगिता“ को उपाधि पर्शुराम खानले जित्न सफल भएका छन्।

विजेता पर्शुरामले प्रथम पुरस्कार स्वरुप १५ हजार रुपैयाँ नगद प्राप्त गरेका छन् । फागुन २१ गतेदेखि २२ गतेसम्म चलेको यस प्रतियोगिताको अन्तिम चरणमा ८ खेलाडीहरु बीच स्विस लिग सिंगल राउन्ड रोबिन अन्तर्गत प्रतिस्पर्धा भएको थियो। पर्शुरामले कुल ७ खेलमध्ये ५ खेलमा जित र २ खेलमा बराबरी खेल्दै ६/७ अंक संकलन गरी शीर्ष स्थान हासिल गरे।प्रतियोगितामा पर्शुरामले दोस्रो चरणमा सुरज राय र पाँचौं चरणमा उमेश राईसँग बराबरी खेलेका थिए । भने माजिद अन्सारी, बिपिन खनाल, भानु गौतम, राजन धमला र राजकुमार बान्तवालाई पराजित गरेका थिए।

अप्रत्याशित परिणामतर्फ, अन्डर–१६ खेलाडी भानु गौतमसँग पराजित भएका सुरज राय ५.५/७ अंकसहित दोस्रो स्थानमा रहे। त्यसैगरी अन्तिम चरणमा विजेता पर्शुरामसँग पराजित भएका राजकुमार बान्तवाले तेस्रो स्थान हासिल गरे।

विराटनगर–७ मा अवस्थित दाज्जु चिया पसलका संचालक सुमन खड्काका अनुसार यो प्रतियोगिता ग्राहकहरुको मनोरञ्जन र नयाँ अनुभव प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको थियो।
प्रतियोगिताले स्थानीय चेस खेलाडीहरुलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गरेको र समुदायमा चेस खेलप्रति रुचि बढाउन सहयोग पुऱ्याएको छ । चेस खेल प्रेमीहरुले यस्ता आयोजनाहरु निरन्तरता दिन आग्रह गरेका छन्। दाज्जु चिया पसलले आगामी दिनहरुमा समेत यस्ता विभिन्न प्रतियोगिताहरु आयोजना गर्ने योजना रहेको संचालकको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्