विराटनगर । बालसुधार गृह विराटनगरमा झडप हुँदा पाँच जना घाइते भएका छन् ।
दुईजनाबाट सुरु भएको भनाभन समूहगत झडपमा परिणत हुँदा स्थिति तनावपूर्ण बनेको हो ।
विभिन्न बालबिज्याँइका घटनामा संलग्न दुई समूहको झडपमा घाइतेको कोशी अस्पतालमा उपचार भइरहेको छ । जसमा दुईजना गम्भीर छन् ।
मोरङ प्रहरीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक बेदप्रकाश जोशीका अनुसार झडपपछि सुधारगृहमा सुरक्षा सतर्कता बढाइएको छ ।
झडपमा पाँचथर फिदिम-४ का गोपाल सासखंर, हिलिहाङ्ग-६ का अस्मिन तामाङ, फाल्गुनन्द-१ का सुमन तामाङ,पाँचथरकै सुजन लिम्बू र भागिराथ बास्तोला घाइते भएका छन् ।