राजा फर्कने कुरा असम्भव : प्रवक्ता सापकोटा

<span class='c1'>राजा फर्कने कुरा असम्भव</span> <span class='c2'>: प्रवक्ता सापकोटा</span>

काठमाडौं । नेकपा माओवादी केन्द्रले जनताले रगतको पोखरीमा पौडी खेल्दै गणतन्त्र ल्याएकाले राजा फर्कने कुरा असम्भव रहेको जनाएको छ ।

सोमबार बसेको पार्टीको पदाधिकारी बैठकपनि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रवक्ता अग्नी सापकोटाले संसारभरी नै अहिले अराजकता र अन्यौल जस्तो स्थिति रहेको भन्दै धमिलो पानीमा माछा मार्न सकिन्छ कि भनेर सोच बनाउनु सपना मात्र हुने बताए ।

उनले भने,‘ हामीले गणतन्त्र त रगतको पोखरीमा पौडी खेल्दै ल्याएका हौ नि त । हामीलाई जनताप्रति धेरै विश्वास छ । संसारभरी अहिले अराजकता छ । अन्यौल जस्तो स्थिति छ । यही परिस्थितिमा धमिलो पानीमा माछा मार्न सकिन्छ कि भन्ने आत्मारतिमा कोही लागेका छन् । त्यो सपनामा मात्रै हुन्छ । सफल हुँदैन् ।’

त्यस्तै उनले राजाले शासन छाडेपछि पनि माओवादीले राजसंस्था ल्याउन खाजेको थियो भन्ने जनतालाई भ्रमित पार्ने उद्देश्यले आरोप लगाइएको बताए ।
उनले भने,‘माओवादीले राजा ल्याउने कुरा कल्पनापनि गर्न सक्दैन् । माओवादीले ल्याउन खोजेको भनेर एउटा भाष्य बनाउन खोजिएको मात्र हो । जनतालाई भ्रमित पार्ने उद्देश्य अन्तरनिहीत छ । जनता भ्रमित हुँदनन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्