एउटै नम्बरका दुई ट्रकमा काबरा ग्रुपको सामान, राजस्व छली आशंकामा विराटनगर भन्सारबाट अनुसन्धान

<span class='c1'>एउटै नम्बरका दुई ट्रकमा काबरा ग्रुपको सामान,</span> <span class='c2'>राजस्व छली आशंकामा विराटनगर भन्सारबाट अनुसन्धान</span>

विराटनगर । विराटनगर भन्सार कार्यालयले काबरा ग्रुप अन्तर्गत क्वालिटी केम प्रा.लि.को सामान बोकेर आएका दुई ट्रकको नम्बर एउटै भेटिएपछि अनुसन्धान सुरु गरेको छ । भारतबाट उद्योगको कच्चा पदार्थ बोकेर आएका भारतीय ट्रकको नम्बर प्लेट समान पाइएपछि नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको हो ।

भन्सार कार्यालयमा मालवस्तु जाँचपासपछि उद्योगमा अनलोड गरेर फर्कदै गरेको र मालवस्तु बोकेर जाँचपासका लागि पार्किङमा रोकिएको गाडीको नम्बर प्लेट समान भेटिएको थियो । विराटनगर भन्सार कार्यालयका प्रमुख उमेश श्रेष्ठले घटनापछि दुवै ट्रकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको जानकारी दिएका छन् । राजस्व छलीको संभावना देखिएपछि भारतीय नम्बर प्लेट आरजे १४ जीएच ०४३३६ नम्बरका दुईवटा मालवहाकलाई एकै स्थानमा रोकेर अनुसन्धान थालिएको छ ।

उद्योगबाट सामान अनलोड गरेर भारततर्फ फर्कने क्रममा भन्सार प्रवेश गर्ने बेलामा इन्ट्रि गराएको नम्बर भन्सार पार्किङ यार्डमा सामानसहित रोकेको गाडीसँग मिलेको थियो । सर्बरमा नम्बर इीन्ट्र गर्दा फर्कदै गरेको गाडी पार्किङमा रहेको संकेत गरेपछि शंका उत्पन्न भएको थियो । भन्सार अधिकारीहरुले भन्सार प्रवेश गर्दै गरेको ट्रक र पार्किङमा मालवस्तुसहितको ट्रकको विवरण चेक गर्दा दुवैले क्वालिटी केमको सामान बोकेर आएको पाइएपछि अनुसन्धान थालिएको हो ।

फर्कने ट्रक र भारतीय भन्सार परिसरबाट नेपालको भन्सार परिसरमा सामान बोकेर आउने ट्रकको समय एउटै परेको थियो । भारततर्फ फर्कदै गरेको ट्रकको सामान भन्सार जाँचपासपछि नै अनलोड भएको थियो । तर, पार्किङमा भएको ट्रक भने भन्सार जाँचपास हुन बाँकी रहेको थियो । यस्तो अवस्थामा पहिलो ट्रकको सामानको प्रज्ञापनपत्र दुरुपयोग गरेर दोस्रो ट्रक भन्सारबाट निकाल्न सक्ने संभावना धेरै हुन्छ ।

भन्सार प्रमुख श्रेष्ठले यस्तो स्थिति कसरी आयो भन्नका लागि अनुसन्धान अधिकृत तोकेर घटनाको विषयमा बुझ्ने काम भईरहेको जानकारी दिएका छन् । दुवै ट्रकमा कटहरी गाउँपालिकास्थित काबरा ग्रुपले सञ्चालन गर्दै आएको क्वालिटी केम प्रा.लि.को सामान रहेको पाइएको छ ।
विराटनगर भन्सारका अधिकृत एवं मुद्दा शाखाका प्रमुख फर्सबहादुर राईले एउटै नम्बर प्लेटका भारतीय गाडीमा कसरी सामान आयो भन्ने विषय अनुसन्धानको क्रममा रहेको जानकारी दिएका छन् । उनले अनलोड भएर फर्किएको गाडी गेटमा इन्ट्रि गर्दा भन्सार परिसरको पार्किङमा त्यहि नम्बर गाडी रहेको देखिएको जानकारी दिएका छन् । एकै पटक आउँदै र जाँदै गरेको गाडीको नम्बर एकै हुँदा सिस्टमले लिन नमानेपछि समान नम्बर प्लेट रहेको खुलेको थियो ।

तर, एउटै नम्बर प्लेटको गाडी अनलोड गरेर भन्सार पुग्नु र त्यहि नम्बर प्लेटको गाडी भन्सारको पार्किङमा हुनुले कहिं न कहिं फल्ड छ की भन्ने शंका गर्नु सामान्य रहेको भन्सार अधिकारीहरु बताउँछन् । काबरा ग्रुपका बिपिन काबराले कसरी त्यस्तो भयो भन्ने आफूलाई पनि यकिन नभएको बताए । ‘एउटा खाली छ रे, अर्कोमा सामान छ भन्ने आएको छ’ यसको विषय बुझ्नै बाँकी रह्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्