गीताको सडक व्यापारदेखी सफल उद्यमीसम्मको यात्रा(भिडियोसहित)

<span class='c1'>गीताको सडक व्यापारदेखी</span> <span class='c2'>सफल उद्यमीसम्मको यात्रा(भिडियोसहित)</span>

विराटनगर । विराटनगर महानगरपालिका-६ सरोचियाकी गीता साह सफल उद्यमीको रूपमा समुदायमा परिचित छिन् । उनको नामबाट सञ्चालित ‘गीता होजियारी उद्योग’ले परिवारलाई स्वरोजगार बनाएकाे छ, स्थानीय स्तरमा रोजगारीको अवसर पनि सृजना गरेको छ । गीताको यो सफलताको पछाडि उनको संघर्ष र लगनशीलताको लामो कथा लुकेको छ ।

करिब १५ वर्षअघि गीताको यात्रा विराटनगरका साप्ताहिक हाटबजारमा साना कपडा व्यापारीको रूपमा सुरु भएको थियो । त्यस बेला परिवारको आर्थिक अवस्था कमजोर थियो । हाटबजारमा कपडा व्यापार गर्न उनलाई जीवन विकास लघुवित्त वित्तीय संस्थाले वित्तीय सहयोग गरेको थियो ।

हाटबजारमा कपडाको माग राम्राे देखेपछि चार वर्षअघि उनका दुई छाेराले घरमा‘गीता होजियारी उद्योग’ स्थापना गरे । उद्याेग सुरु भएपछि गीता हटिया हटिया गएर कपडा बेच्न छोडि छाेराहरुसँगै उद्योगको काम गर्छिन् । उनका जेठा छोरा प्रकाशले करिब तीन वर्ष अरुको गार्मेन्ट उद्योगमा काम गरेको थिए । तीन वर्षकाे सीपले उनलाई व्यवसाय सञ्चालन गर्न सहज भएकाे छ । प्रकाशले उद्योगको कामसँगै विराटनगर बजारमा कपडाको होलसेल पसल पनि खोलेका छन्, जहाँ उद्योगमा उत्पादित कपडा लगायत अन्य सामग्री पनि बिक्री गर्छन ।

घरको कोठामा खोलेको उद्योगको क्षमता विस्तार गर्न घरको छतमा संरचना बनाएर मेसिनहरू थप गरेका छन् । उद्याेगमा परिवारका सदस्य स्वरोजगार भएका छन्, अन्य पाँच जनालाई रोजगारी पनि दिएका छन् । स्थानीय मानिसहरूलाई रोजगारी दिन पाउँदा गीताको परिवार हर्सित छ।
उद्योग स्थापना र सञ्चालनका लागि उनलाई जीवन विकास लघुवित्त वित्तीय संस्थाले निरन्तर सहयोग गरिरहेको छ ।

उनको उद्योगमा उत्पादित कपडाहरू अहिले विराटनगरसँगै इटहरीका बजारमा समेत बिक्री हुन्छन् । स्थानीय स्तरमा उत्पादित सामग्रीको माग बढ्दो छ । आगामी दिनमा थप रोजगारी सिर्जना गर्ने र उत्पादन बढाउने उनीहरुको योजना छ ।

भिडियो हेर्नुहोस् :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्