कहाँ छ महेन्द्र गोल्डकपको सुनको श्रीपेचसहितको सिल्ड

<span class='c1'>कहाँ छ महेन्द्र गोल्डकपको</span> <span class='c2'>सुनको श्रीपेचसहितको सिल्ड</span>

विराटनगर । मुलुकको पुरानो र मोफसलको प्रतिष्ठित विराट गोल्डकप फुटवल प्रतियोगिताको ९ औं संस्करणको फाइनल खेल बुधबार विराटनगरको सहिद मैदानमा हुँदैछ ।

यो खेलमा चर्च ब्याइज र थ्रीस्टारबीच उपाधी भिडन्त हुँदैछ । फाइनल खेलको जोरजामसँगै विराट गोल्डकप ट्रष्टले मंगलबार प्रिम्याच कन्फरेन्समा दुई टिमका कप्तान तथा प्रशिक्षकलाई सहभागी गरायो ।

विराट गोल्डकपको नवौं संस्करणसम्म रुपान्तरित महेन्द्र गोल्डकपको सिलसिला जोडिएको छ । विसं २०१८ सालदेखि राजा महेन्द्रको नाममा विराटनगरमा महेन्द्र गोल्डकपका रुपमा २८ औं संस्करणसम्म सञ्चालन भएको थियो । राजनीतिक परिवर्तनपछि  २०६८  सालदेखि यो विराट गोल्डकपमा परिणत भयो । त्यस अघिको शासन व्यवस्था अनुसारको स्वरुप परिवर्तन भयो । त्यो क्रममा महेन्द्रगोल्डकपको शिल्ड समेत परिवर्तन भएर विराट गोल्डकपमा रुपान्तरण भएको थियो ।

तर, महेन्द्र गोल्डकप आयोजना हुँदाको शिल्ड भने सुनको श्रीपेच अंतिक थियो । नवौं संस्करणको विराट गोल्डकपसम्म आउँदा त्यो सार्वजानिक छैन । कतिपयले त्यो विराट गोल्डकप ट्रष्टसँग रहेको बताउँदै आएका छन् । कतिपयले त्यो कहाँ गयो ? भन्ने प्रश्न उठाउने गरेका छन् । खासमा त्यो सुनको श्रीपेच अंतिक शिल्ड वा शिल्डमा रहेको सुनको श्रीपेच नै कुनै संग्राहालय वा राज्यको आधिकारिक निकाय मातहत राखिनुपर्ने चर्चा चल्ने गरेको छ ।

यद्यपी त्यो कहाँ छ भन्ने धेरैको जिज्ञासा अनुसार विराट गोल्डकप ट्रष्टका अध्यक्ष किशोर शाहीसँग जानकारी माग्दा, त्यसलाई सुरक्षित राखिएको उनले दावी गरेका छन् । शाहीका अनुसार लामो समयसम्म साशन व्यवस्थाका कारण सार्वजानिक गर्न नसक्दा आशंका बाहिरिएपनि त्यसको संरक्षण ट्रष्ट आफैंले गरिरहेको उनको भनाई थियो ।

शाहीले धेरैको जिज्ञासाका बीच सुनको श्रीपेच अंतिक शिल्डलाई नवौं संस्करणमा सार्वजानिक गर्ने की भन्ने सोचिरहेको बताए । उनका अनुसार सुनको श्रीपेच भएका कारण ट्रष्टले आफैं संरक्षण गर्न नसक्ने भएर राष्ट्रिय वाणिज्य बैंकको लकरमा राखिएको जानकारी दिएका छन् । त्यसलाई चलाएको वा मासेको र स्वरुप परिवर्तन गरिएको छैन, अध्यक्ष शाहीले भने अहिलेसम्म सुरक्षित गरेर राखिएको छ । ट्रष्टले त्यसको संरक्षण गरिरहेको जनाउँदै उनले धेरैले चासो राख्ने गरेकोले नवौं संस्करणका क्रममा मञ्चमा राख्ने की भन्ने पनि सोचिरहेको बताए ।

यद्यपी श्रीपेच अंतिक शिल्ड मञ्चमा राख्दा त्यसले सिर्जना गर्ने अवस्थाको कसरी फेस गर्ने भन्ने चिन्ता पनि शाहीलाई छ । उनले शासन व्यवस्था नै परिवर्तन भएर नयाँ स्वरुपको विराट गोल्डकप भईरहेको बेला पुरानो व्यवस्थाको शिल्ड सार्वजानिक गर्दा पर्ने नकारात्मक सन्देश झेल्नु पर्ला की हुँदाहुँदै पनि पारदर्शिताका लागि ल्याउन आवश्यक भईरहेको बताए ।

विराटनगरको शहीद मैदानमा कोशी प्रदेशको पहिलो प्रदेश सरकारले ५ करोडको लागतमा स्थायी फ्लडलाइटको व्यवस्था गरेपछि प्रतियोगिताको पाँचौ संस्करण यताका हरेक संस्करण रात्रीकालीन सञ्चालन हुँदै आएको छ । फागनु १९ गतेदेखि २८ गतेसम्म नवौं संस्करण जारी छ । यो संंस्करणमा तीन विभागीय टोली सहित स्वदेशी ८ र भारतका दुई टीम सहभागी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्