विराटनगरका उद्योगी देवकिशन मुन्दडा बने यसपटकको महामुर्ख

<span class='c1'>विराटनगरका उद्योगी देवकिशन मुन्दडा</span> <span class='c2'>बने यसपटकको महामुर्ख</span>

विराटनगर । मारवाडी युवा मञ्च विराटनगरले मारवाडीको कला र संस्कृतिलाई जर्गेना गर्दै आएको हास्य सम्मेलन र अलबेली वारात कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ ।

होली पर्वको उल्लासमय माहोल बनाउन आयोजित कार्यक्रम विराटनगरको जैन भवनमा मंगलबार साँझ एक भव्य समारोहबीच हास्य सम्मेलनबाट विराटनगरका उद्योगी एवंम व्यापारी घरनाका व्यक्तित्व देवकिशन मुन्दडा यसपटकको महामुर्ख घोषित भएका छन् ।

महामुर्ख घोषणा भएसंगै मुन्दडालाई कार्यक्रममका प्रमुख अतिथी कोशी प्रदेशका मुख्यमुन्त्री हिक्मत कुमार कार्कीले महामुर्खको उपाधि लगाई दिएका थिए ।

कार्यक्रममा भारतीय हास्य कलाकार सुनिल पाल, गौरव शर्मा र जिमी मोसेजले कार्यक्रममा सहभागीहरुलाई भरपुर मनोरञ्जन प्रदान गरेका थिए ।

विराटनगरको जैन श्वेताम्बर तेरापंथ सभा भवनको प्राङ्गणम झन्डै ३ हजार बढीको सहभागितामा भएको कार्यक्रममा विभिन्न सास्कृतिक कार्यक्रम आयोजना गरिएको मारवाडी युवा मञ्च विराटनगरका अध्यक्ष अंकित मारुले जानकारी दिए । साथै कार्यक्रममा विगत एक बर्ष अगाडीदेखी कोशी अस्पतालमा विरामीका कुरुवाहरुलाई खाना खुवाउदै आएको नर सेवा र नारायण सेवा सामाजिक संस्थालाई सम्मान समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्