विराटनगरको कोशी अस्पतालको स्त्री विभागमा ल्याप्रोस्कोपिक सर्जरी सुरू

<span class='c1'>विराटनगरको कोशी अस्पतालको स्त्री</span> <span class='c2'>विभागमा ल्याप्रोस्कोपिक सर्जरी सुरू</span>

विराटनगर । विराटनगरको कोशी अस्पपतालको स्त्री तथा प्रसूति विभागमा ‘ल्याप्रोस्कोपिक’ सर्जरी सेवा सुरु भएको छ ।

मोरङको २२ वर्षीय एक जना किशोरीको अण्डाशयमा भएको सिस्टको ल्याप्रोस्कोपिक प्रविधिबाट अप्रेसन गरेर यो सेवा कोशीको प्रसूति विभागमा पहिलो पटक सुरू भएको हो ।

अस्पतालको स्त्री तथा प्रसूति विभागीय प्रमुख डा.अन्जु देवसहितको चिकित्सकीय टिमले ल्याप्रोस्कोपिक प्रविधिबाट उपचार गर्दै आएका छन् । गत शुक्रबार मोरङकी २२ वर्षीय महिला असह्य पीडा भएपछि कोशी अस्पताल आएकी थिइन् । ‘६ महिनादेखि उनको पेट दुख्ने समस्या थियो । स्वास्थ्य परीक्षण गराउँदा अण्डाशय बाहिर सिस्ट देखियो । त्यसपछि हामीले ल्याप्रोस्कोपिक प्रविधिबाट उपचार गरेका हौं,’ उपचारमा संलग्न डा. देवले भनिन् । अन्जुसहित डा. तुलसी महतो र डा. विशाल देवसहितको टिमले उपचार गरेको हो ।

दुरबिनको माध्यमबाट पेट नचिरिकन स–सानो प्वाल बनाएर गरिने सर्जरीलाई ल्याप्रोस्कोपिक सर्जरी भनिन्छ । पछिल्लो केही समययता संसारभरि नै ल्याप्रोस्कोपिक विधिबाट पेट तथा पाठेघरको शल्यक्रिया वा अपरेसन गर्ने प्रचलन बढेको छ । पाठेघर निकाल्ने, पाठेघरमा मासुको डल्ला पलाएको छ भने पाठेघरको नलीहरु खोल्न अथवा डिम्बाशयमा सिस्टहरू पलाएको भएमा ल्याप्रोस्कोपिक सर्जरीको माध्यमबाट शल्यक्रिया गर्न सकिन्छ ।

‘ल्याप्रोस्कोपिक सर्जरी’ र ‘ओपन सर्जरीमा’ धेरै भिन्नता छन् । ल्याप्रोस्कोपिक सर्जरी गर्दा पेटमा सानो प्वाल बनाएर सर्जरी गरिन्छ,’ डाक्टर अन्जुले भनिन्, ‘ओपन सर्जरी गर्दा कम्तिमा ३ देखि ४ दिन अस्पताल बस्नुपर्छ । ल्याप्रोस्कोपिक सर्जरी चाँडै निको हुने भएकाले यो सर्जरीको महत्व बढेको हो ।’

इनफर्टिलिटी समस्या समाधान गर्न समेत ल्याप्रोस्कोपिकले सहयोग गर्छ । सानो दुरविन पाठेघरमा छिराएर यसको अवस्था हेरिन्छ । यसलाई हिस्ट्रोस्कोपी ल्याप्रोस्कोपी भनिने उनले बताइन् ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्