मोरङ क्याम्पसमा नेविसंघबीच आमनेसामने : जसको हातमा स्ववियु छ, उनीहरुकै कर्ममा हर्कत

<span class='c1'>मोरङ क्याम्पसमा नेविसंघबीच आमनेसामने : जसको</span> <span class='c2'>हातमा स्ववियु छ, उनीहरुकै कर्ममा हर्कत</span>

विराटनगर । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मिति नजिकीदै जाँदा विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसमा नेपाल विद्यार्थी संघका दुई पक्ष आमनेसामने भएका छन् । पछिल्लो २२ दिनयता नेबिसंघको डाक्टर शेखर कोइराला पक्ष र संस्थापन पक्ष (शेरबहादुर देउवा) बीच विभाजित नेबिसंघका विद्यार्थीबीच मुडभेडको अवस्था चर्चामा रहँदै आएको हो ।

नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) को आधिकारिकता विवाद सतहमा देखिएपनि यसमा पार्टीको देउवा÷शेखर लाइनको टकराव मिसिएको छ । त्यसैले एकले अर्कोलाई मुक्का प्रहार गर्नेदेखि क्याम्पसमा तोडफोड र आगजनीसम्मको स्थिति सिर्जना हुन पुगेको छ ।
यहि सिलसिला अन्तर्गत मोरङ क्याम्पस विराटनगरको स्ववियु कार्यालयमा रहेको निर्वाचन अधिकृतको कार्यकक्षमा बुधबार आगजनी र तोडफोड गरिएको छ । त्यसपछि तालाबन्दी गरिएको कार्यालय भने प्रहरीले खोलेको छ ।

स्वतन्त्र विधार्थी युनियन (स्ववियु) निर्वाचनमा नेविसंघका दुई खेमाले मंगलबार अलगअलग मनोनयन दर्ता गराएका थिए । त्यसमध्ये संस्थापन पक्षका उमेदवार प्रज्वलजंग विष्टको प्यानललाई निर्वाचन समितिले आधिकारिक उमेदवार बनाएको छ । डाक्टर शेखर समूहका भनिएका योगराज दाहालको उमेदवारी स्वतन्त्र हैसियतमा दर्ता भएको छ । त्यसपछि कोइराला निवास भएकै मुकाममा डाक्टर शेखर पक्षका उमेदवार आधिकारिक हुन नपाउने भन्दै दाहाल समूहले निर्वाचन अधिकृत डा.सुशिल अधिकारीको कार्यकक्षमा प्रवेश गरेर कुर्सी बजार्दै नाराबाजी गर्नेदेखि त्यहाँका कागजात नियन्त्रणमा लिएर आगो लगाउनेसम्मको काम गरेका हुन् । देशभरका क्याम्पसमा स्ववियु निर्वाचन आगामी चैत ५ गतेलाई तोकिएको छ ।

मोरङ क्याम्पसमा यस अगाडीको निर्वाचन समेत नेविसंघले नै जितेको थियो । जसको दल निकट विद्यार्थीको हातमा स्ववियु छ, उहि दल निकट नेविसंघको कर्ममा भने हर्कत देखिरहेको छ ।
शेखर समूह नेविसंघका दाहालले केन्द्रले परिपत्र गरेपनि मध्यरातमा निर्वाचन समितिले स्वतन्त्र उमेदवार बनाई दिएकोले आवेगमा आएर कुर्सी बजार्ने र नारा लगाउने काममा आफैं संलग्न भएको बताए । उनले आगलागी कार्यालयमा नभएर निर्वाचन अधिकृतको कार्यकक्षका केहि कागजात नियन्त्रणमा लिएर गरिएको बताए । उनले उमेदवारी दर्ता गराएपछि दुवै समूहलाई नेबिसंघ नै उल्लेख गरेर नाम सार्वजानिक गर्नुपर्नेमा निर्वाचन समितिले बदमासी गरेको आरोप लगाएका छन् ।

‘काँग्रेसको कोटाबाट नाफा खाँदै सहायक क्याम्पस प्रमुखसम्म हुने, अनि काँग्रेसमाथि नै बेइमानी गर्ने’ दाहालले निर्वाचन अधिकृत अधिकारी लक्षित आक्रोश व्यक्त गर्दै भने–म पनि नेबिसंघ केन्द्रीय सदस्य, काँग्रेस क्रियाशिल सदस्य र क्षेत्रीय प्रतिनिधि हो, मेरो नसानसामा काँग्रेसको रगत बग्छ । उनले अधिकारीले सत्ताको दुरुपयोग गर्दै बेइमानी गरेकोले सच्याउनु पर्ने माग गरेका छन् ।
यता स्वतन्त्र विद्यार्थी यूनियनका सभापति जसवन्त पौडेलले भने अर्को पक्ष भनिएको नेबिसंघ नै नभएको बताए । उनले बाहिरबाट आएर नेबिसंघलाई सिध्याउन लागिरहेको समूहले क्याम्पसको हित नचाहेको बताएका छन् । पौडेलले बाहिरका गुण्डा पठाएर क्याम्पसमा तोडफोड गराउनेमा कोशी प्रवेश पूर्वमुख्यमन्त्री केदार कार्की संलग्न रहेको जिकीर गरेका छन् ।

मोरङ क्याम्पसमा यसअघि इकाइ गठनको विषयमा विवाद भएपछि नेविसंघका दुई खेमा एकआपसमा कुटाकुट गरेका थिए ।‌ कुटाकुटमा नेबिसंघ मोरङका सभापति सरोज पोखरेल घाईते भएको भन्दै अस्पताल नै भर्ना हुनु परेको थियो । पोखरेल डाक्टर शेखर समूहका हुन् । नेविसंघको महेन्द्र मोरङ घटनापछि संस्थापन पक्षले जिल्ला सभापतिमा मोहम्मद तनवीरलाई चयन गरिएको केही दिनअघि घोषणा गरेको थियो ।
अहिलेका स्ववियु सभापति पौडेल भने संस्थापन पक्षका हुन् । उनी क्याम्पस भित्र नेबिसंघलाई स्ववियु सत्ता हस्तान्तरण गरेर मात्रै निस्कने सोच राखेपनि त्यो गर्न नदिएको भन्दै आक्रोशित भईरहेका छन् ।
विराटनगरको मोरङ क्याम्पस बाहेक नर्सिङ क्याम्पसमा नेविसंघकी सुजिता खत्रीले सभापतिमा उमेदवारी दिएकी छन् । विराटनगरको स्नातकोत्तर क्याम्पसमा अनेरास्ववियुमा नेतृत्व विकास चुलिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्