जबरजस्ती होली दल्नेलाई के छ मोरङ प्रहरीको होली विशेष सुरक्षा योजना ?

<span class='c1'>जबरजस्ती होली दल्नेलाई के छ मोरङ</span> <span class='c2'>प्रहरीको होली विशेष सुरक्षा योजना ?</span>

प्रेम देवान
विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङले यसपटकको होली पर्वको लागि विशेष सुरक्षा सर्तकर्ता अपनाएको छ ।

फागु पूर्णिमा अर्थात् होली पर्वलाई मर्यादित, सुरक्षित र शान्तिपूर्ण बनाउन लागि विशेष सुरक्षा योजना निर्माण गरी काम गर्ने तयारी भएको मोरङ प्रहरीले जनाएको छ ।

मोरङ जिल्लाको मातहतमा झण्डै १२ सय बढी जनपथ प्रहरी छन् । सुरक्षा योजना अन्तर्गत ८ सय बढी प्रहरी सबै युनिटहरुमा परिचालन गरेर सुरक्षित र शान्निपुर्ण बाताबरणमा होली पर्व मनाउने तयारी गरिएको मोरङ प्रहरी प्रवक्ता डिएसपी वेदप्रकाश जोशीले जानकारी दिनुभयो ।

जोशीले भन्नुभयो , “सादा पोसाक, मोबाइल गस्ती, सवारी, पैदल गस्तीसहित ठुलो सङ्ख्यामा प्रहरी परिचालन गरिने भएको छ , विशेष गरी विराटनगरमा ध्यान केन्द्रित गरेर सुरक्षामा विशेष कडाइ गरिनेछ ।” होली पर्व सौहार्दपूर्ण रहोस् भन्ने उद्देश्यसहित विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याइएको उहाँको भनाइ छ ।
होलीको दिन मोरङ प्रहरीले मापसे, लापसे तथा थप पिकेट ड्यूटीका लागि पनि छुट्टै प्रहरी टोली परिचालन गरिने जनाएको छ । प्रहरीले ढुक्कसँग मर्यादित भएर होली मनाउन पनि सबैमा आग्रह गरेको छ । होलीमा अनुमति विपरीत कसैलाई पनि रङ दल्ने, लोला हान्ने, अनावश्यक हो–हल्ला गर्ने, झै–झगडा गर्ने लगायतका उच्छृङ्खल गतिविधि गर्नेलाई प्रहरीले नछाड्ने जोशीले बताउनुभयो । जबरजस्ती होलीमा अनावश्यक रुपमा ईच्छा विपरीत रंग र लोला हान्नेलाई नियन्त्रणमा ल्याएर तत्काल कारबाही गरिने समेत डिएसपी जोशीले आवर विराटनगरलाई जानकारी दिनुभयो ।

अन्य स्थान भन्दा विराटनगरमा होली विशेष रुपमा मनाईने भएका कारण पनि होलीलाई सुरक्षित र मर्यादित बनाउन ठाउँ–ठाउँमा नेपाल प्रहरी र ट्राफिक प्रहरी खटाईने प्रहरीले जनाएको छ। बिहान ७ बजेदेखिनै जाँचको व्यवस्था गरिने जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक राजन लम्सालले बताउनुभयो।

उहाँले भन्नुभयो “हामीले सव्य, भव्य तरिकामा फागु पर्व मनाउन सबैमा माईकिङ गरेर आग्रह गरिरहेका छौँ, कानुन बिपरीत अबाञ्छित तथा उच्छृङ्खल गतिविधि गर्नेलाई कानुनन बमोजिम कडाभन्दा कडा कारबाही गरिने छ ।” होली पर्वमा उच्छृङ्खल गतिविधि गर्ने, लापसे गरी हेलमेट नलगाइ ३ जना सम्म सवारी साधन चलाउने, मापसे गरी हो–हल्ला गर्ने, सर्वसाधारणलाई त्रसिद बनाउनेलाई कडा कारबाही गरिने जिला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्