कोशी प्रदेशबाट एसइई परीक्षामा ८० हजार भन्दा बढी विद्यार्थी सहभागी हुँदै

<span class='c1'>कोशी प्रदेशबाट एसइई परीक्षामा ८० हजार</span> <span class='c2'>भन्दा बढी विद्यार्थी सहभागी हुँदै</span>

विराटनगर । आगामी चैत ७ गतेदेखि १९ गतेसम्म हुने २०८१ को एसईई परीक्षामा कोशी प्रदेशबाट ८० हजार भन्दा बढी विद्यार्थी सहभागी हुने भएका छन् ।

एसईइका लागि कोशी प्रदेशका १४ जिल्लामा ३७१ वटा परीक्षा केन्द्र तोकिएको कोशी प्रदेश शिक्षा निर्देशनालयले जनाएको छ ।

निर्देशनालयले परीक्षा सञ्चालन तथा व्यवस्थापनका बिषयमा आज(बुधबार) विराटनगरमा पत्रकार सम्मेलनमार्फत परीक्षाको तयारी बारे जानकारी गराएको हो ।

साधारण धारतर्फ नियमित ६९ हजार ५०६ जना र ग्रेडबृद्धितर्फ ८ हजार ४५१ विद्यार्थी सहभागी हुने निर्देशनालयका निर्देशक कृष्णप्रसाद पोखरेलले जानकारी दिए।

त्यसैगरी प्राविधिक धारतर्फ नियमित २ हजार ७११ र ग्रेडबृद्धितर्फ २६६ र खुल्ला धारतर्फ नियमित ३९६ र ग्रेडबृद्धितर्फ ३० जना गरी कुल ८० हजार ९३४ जना विद्यार्थीले एसइई परीक्षामा सहभागी हुने जनाइएको छ । जसमध्ये मोरङमा १८ हजार १०७, झापामा १७ हजार २८ र सुनसरीमा १३ हजार ५८३ विद्यार्थी परीक्षामा सहभागी हुने जनाइएको छ ।

उदयपुरमा ५ हजार ८८१, इलामबाट ४ हजार २३१, खोटाङबाट ३ हजार ८०९, संखुवासभाबाट ३ हजार १२०, धनकुटाबाट २ हजार ५३५, भोजपुरबाट २ हजार ४९२, ओखलढुंगामा २ हजार २२०, ताप्लेजुङमा २ हजार २७२, पाँचथरमा २ हजार ८०६, तेह्रथुमबाट १ हजार १९० र सोलुखुम्बुबाट १ हजार ६६० जना विद्यार्थीले एसईइ परीक्षा दिने निर्देशनालयले जनाएको छ ।

परीक्षाका लागि सबैभन्दा बढी ७० वटा परीक्षा केन्द्र मोरङमा रहेका छन् । त्यस्तै झापामा ५७ र सुनसरीमा ५० वटा केन्द्र तोकिएको निर्देशक पोखरेलले जानकारी दिए । उनले परीक्षा केन्द्र रहेको विद्यालयकै प्रधानाध्यापकलाई केन्द्राध्यक्ष तोकिने व्यवस्था भएका कारण परीक्षा मर्यादित रुपमा सम्पन्न हुने बताए ।

परीक्षा सञ्चालनका लागि केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, परीक्षा सहायक, सहयोगी कर्मचारीसहित ७ हजार ३८५ जना कर्मचारी परिचालित हुने जनाइएको छ । परीक्षाको सुरक्षाका लागि ५ हजार ५६५ जना सुरक्षाकर्मी परिचालन हुने निर्देशक पोखरेलले बताए ।

परीक्षा केन्द्रमा भौतिक पूर्वाधार व्यवस्थापनका लागि जिल्ला परीक्षा समन्वय समितिमार्फत स्थानीय तहहरूबाट आवश्यक सहयोग हुने उनले जानकारी दिए । साथै विद्यालय नर्स कार्यक्रम सञ्चालित भएका परीक्षा केन्द्र (विद्यालय) मा परीक्षा अवधिमा नर्सहरू परिचालित हुने व्यवस्था गरिएको जनाइएको छ ।

परीक्षामा सहभागी हुने विद्यार्थीले अनिवार्य रुपमा विद्यालय पोशाक लगाउने व्यवस्था गरिएको पनि जनाइएको छ ।

परीक्षा सञ्चालन र व्यवस्थापनका क्रममा कुनैपनि अनियमितता, जालसाजी वा अव्यवस्था रोक्न र परीक्षालाई व्यवस्थित रुपमा सञ्चालन गर्न प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले आवश्यक जिम्मेवारी निर्वाह गर्ने मन्त्री पाँचकर्ण राईले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्