उच्छृङ्खल गतिविधि गरेको आरोपमा कोशी प्रदेशबाट एक सय ३३ जना प्रहरी नियन्त्रणमा

<span class='c1'>उच्छृङ्खल गतिविधि गरेको आरोपमा कोशी प्रदेशबाट</span> <span class='c2'>एक सय ३३ जना प्रहरी नियन्त्रणमा</span>

विराटनगर । कोशी प्रदेशबाट होली मनाउने क्रममा उच्छृङ्खल गतिविधि गरेको आरोपमा एक सय ३३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरीले एक हजार ९९ वटा सवारीसाधनलाई पनि नियन्त्रणमा लिएको छ । होलीमा अवाञ्छित र उच्छृङ्खल गतिविधि गरेको आरोपमा प्रहरीले मोरङबाट १० महिलासहित ६६ जना, सुनसरीबाट १२ महिलासहित ४८, उदयपुरबाट १२ जना पुरुष तथा झापाबाट ७ जना नियन्त्रणमा लिएको हो ।

कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी राजन अधिकारीका अनुसार होली खेलेर रमाइलो गर्ने नाममा कानुनविपरीतका गतिविधिमा संलग्न भएकाहरुलाई पक्राउ गरिएको हो । पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको उनले बताए ।

त्यस्तै, नियम उल्लंघन गरेर चलाइएका १ हजार ९९ वटा सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । झापाबाट ४ सय २७, सुनसरीबाट ३ सय ६६, मोरङबाट २ सय ६७ र उदयपुरबाट ३९ वटा सवारीसाधन नियन्त्रणमा लिइएको जानकारी डीआईजी अधिकारीले दिए ।

उनका अनुसार नियन्त्रणमा लिइएकामध्ये सबैभन्दा धेरै २ पांग्रे सवारीसाधन छन् । प्रहरीले २ पांग्रे १ हजार २१ वटा, ३ पांग्रे ५९ र ४ पांग्रे १९ वटालाई नियन्त्रणमा लिएर दिनभर ‘होल्ड’ गरेको हो ।

नियन्त्रणका लिइएका अधिकांश सवारीसाधन चालकले मापसे (मादक पदार्थ सेवन) गरेर चलाएका थिए । ती सवारीसाधनलाई ट्राफिक नियम उल्लंघनको कसुरमा कारबाही गर्ने प्रहरीको तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्