धनपालथानमा आगलागीमा परी एक बालिकाको मृत्यु, हराएका बालक भेटिए

<span class='c1'>धनपालथानमा आगलागीमा परी एक बालिकाको</span> <span class='c2'>मृत्यु, हराएका बालक भेटिए</span>

विराटनगर । मोरङको धनपालथान गाउँपालिका ६ को कदमामा रहेको मुस्लिम बस्तीमा आगलागी हुँदा एक जना बालिकाको जलेर मृत्यु भएको पुष्टि भएको छ ।

मृत्यु हुनेमा तीन वर्षीय बालिका रेश्मा खातुन रहेको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी नारायण चिमोरीयाले जानकारी दिए ।

हराएका भनिएका अर्का बालक भने भेटिएको उनले बताए । आगलागीबाट १२ घर परिवारको १६ वटा छाप्रा जलेका छन् । हाल आगलागी नियन्त्रणको काम भईरहेको चिमरियाले बताए ।

साना छाप्रा घर र परालको माचसमेत घरकै उेउमा रहेकाले आगोले उग्ररुप लिएको प्रहरीले जनाएको छ । आगो साढे आज अपह्र्न १२ बजे तिर लागेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्