भारतीय दूतावासको तर्फबाट सेतो मछिन्द्रनाथ पुन:निर्माणका लागि २४ किलो चाँदी हस्तान्तरण

<span class='c1'>भारतीय दूतावासको तर्फबाट सेतो मछिन्द्रनाथ पुन:निर्माणका</span> <span class='c2'>लागि २४ किलो चाँदी हस्तान्तरण</span>

काठमाडौं । सेतो मछिन्द्रनाथ मन्दिर पुन:निर्माणका लागि नेपाललाई भारतीय राजदूतले २४ किलो चाँदी हस्तान्तरण गरेको छ ।

बुधबार असनस्थित बन्दै गरेको सेतो मछिन्द्रनाथ मन्दिर पसिरमा आयोजित एक कार्यक्रमका बीच उक्त चाँदी हस्तान्तरण गरिएको हो ।

भारतीय दूतावासका प्रथम सचिव अविनाश कुमार सिंहले २४ किलो चाँदी सेतो मछिन्द्रनाथ मन्दिर पुननिर्माणका लागि हस्तान्तरण गर्न पाउँदा निकै खुसी लागेको बताए । साथै तोकिएको समयमा नै पुननिर्माणको काम सम्पन्न गर्न पनि आग्रह गरे । उनले भने, ‘२४ किलो चाँदी सेतो मछिन्द्रनाथ मन्दिर पुननिर्माणका लागि हस्तान्तरण गर्न पाउँदा निकै खुसी लागेको छ । यसको पुननिर्माणको काम सकिने भनेर मिति तोकिएको छ । आशा छ भनिएको समयमा नै सकियोस् भन्ने चाहन्छु । यो अवर दिनुभएकोमा धन्यवाद व्यक्त गर्छु ।’

करिब छ करोड बराबरको रकममा निर्माण व्यवसायीसँग सम्झौता गरेर २०७७ सालदेखि यसको पुन:निर्माणको काम भइरहेको थियो । अहिलेसम्म ७५–८० प्रतिशत काम सम्मपन्न भएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्