विराटनगर बरगाछीमा ‘हाईमास्ट लाइट’ जडान

<span class='c1'>विराटनगर बरगाछीमा ‘हाईमास्ट</span> <span class='c2'>लाइट’ जडान</span>

देवराज तामाङ
विराटनगर। विराटनगरको बरगाछी चौकमा हाई मास्ट लाइट जडान गरिएको छ। धेरै दुर्घटना हुने स्थानहरु मध्ये नमुना परीक्षणको लागि विराटनगर महानगरपालिकाले बरगाछी चौकमा लाईट जडान गरेको हो।

दुई लाख ८० हजार रुपैया लागतमा उक्त लाईट जडान गरेको विराटनगर महानगरपालिकाले जनाएको छ। हाई मास्ट लाइटले राति पूरै क्षेत्रमा उज्यालो प्रदान गर्ने र सडक दुर्घटना कम गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ।

विराटनगरको आठ स्थानहरुमा हाई मास्ट लाइट जडान गर्ने योजना रहेको विराटनगर महानगरका इन्जीनियर अनिल सिंहले बताए। उनका अनुसार अईसीपी क्षेत्र, हाटखोला, देवकोटा चौक, कंचनबारी, यादव चौक लगायतको स्थानमा जडान गरिने बताए।

उक्त लाईट जडान गर्नका लागि कुनै पनि बजेट नछुटाएको तर आगामी आर्थिक वर्षमा भने बजेट छुटाएर कामलाई निरन्तरता दिने विराटनगर महानगरपालिकाले जनाएको छ। महानगरपालिकाले आगामी दिनहरूमा हाई मास्ट लाइटको प्रभावकारिता अध्ययन गरी अन्य नगर क्षेत्रहरूमा समेत विस्तार गर्ने योजना बनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्