वरिष्ठ उपाध्यक्षका लागि विराटनगरका उद्योगी किशोर प्रधानको उमेदवारी

<span class='c1'>वरिष्ठ उपाध्यक्षका लागि विराटनगरका</span> <span class='c2'>उद्योगी किशोर प्रधानको उमेदवारी</span>

नेपाल उद्योग वाणिज्य महासंघको आगामी महाधिवेशनमा वरिष्ठ उपाध्यक्षका लागि विराटनगरका उद्योगी किशोर प्रधानले उमेदवारी घोषणा गर्नुभएको छ ।

उद्योग संगठन मोरङको तर्फबाट आफ्ना पूर्वअध्यक्षलाई केन्द्रीय वरिष्ठ उपाध्यक्षको रुपमा अगाडि सार्दै आज पत्रकार सम्मेलन आयोजना गरिएको थियो । नेपाल उद्योग वाणिज्य महासंघको संशोधित विधानअनुसार वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने प्रावधान पारित गरेपछि वरिष्ठ उपाध्यक्षका लागि प्रतिस्पर्धा तीव्र हुने भएको छ । यसका लागि प्रधानले आफूलाई बलियो रुपमा प्रस्तुत गर्दै पूर्व केन्द्रीय अध्यक्षलगायतलाई दायाबाँया राखेर उम्मेदवारी घोषणा गर्नुभएको हो ।

सामूहिक नेतृत्व शैलीलाई अंगिकार गर्दै सबल र कुशल नेतृत्व दिनका निम्ति किशोर प्रधान योग्य रहेको भन्दै सबै उद्योग वाणिज्य संघहरुको चाहना र भावनाअनुसार हाम्रो अभियान, सक्षम नेतृत्व सशक्त संगठन भन्ने नारासहित उमेदवारी घोषणा गरिएको उद्योग संगठन मोरङका अध्यक्ष मुकेश उपाध्यायले बताउनुभयो । उम्मेदवारी घोषणा कार्यक्रममा महासंघका पूर्वअध्यक्ष कुशकुमार जोशी, विनोदबहादुर श्रेष्ठ, सुरज वैद्य, पूर्व वरिष्ठ उपाध्यक्ष भाष्कर राजकर्णिकार, केन्द्रीय सदस्य अञ्जन श्रेष्ठलगायत विभिन्न जिल्ला उद्योग वाणिज्य संघका अध्यक्षहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्