बिराटनगरको एक मोटरसाईकल ग्यारेजमा आगलागी, लाखौको क्षति

<span class='c1'>बिराटनगरको एक मोटरसाईकल ग्यारेजमा</span> <span class='c2'>आगलागी, लाखौको क्षति</span>

मोरङ, फाल्गुन २३

बिराटनगर उपमहानगरपालिका-१४ भट्टीमोडस्थित आईतबार मोटरसाईकल ग्यारेजमा आगलागी हुँदा लाखौको क्षति भएको छ।

आगलागीबाट भट्टीमोड-१४ बस्ने आशाराम राजवंशीको न्यू बिराट अटो सर्भिसमा बिद्युत सर्ट भई आगलागी हुँदा अन्दाजी आठलाख बराबरको क्षति भएको छ।

आगलागीबाट मर्मत गर्न राखिएको आठ वटा मोटरसाईकल जलेर नष्ट हुँदा सो क्षति भएको पिडितले बताएका छन्।

उक्त आगलागी वडा प्रहरी कार्यालय बिराटनगर, दमकल र स्थानियबासीको प्रयासमा नियन्त्रणमा आएको छ।

यसैगरी विराटनगर-१२ घोगापुल चौक छेउमा सोहि ठाँउ बस्ने विष्णु महतोको मोटरसाईकल बनाउने ग्यारेजमा विधुत सर्ट भई अचानक आगलागी हुँदा अन्दाजी चालिस हजार बराबरको क्षति भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्