विश्व क्षयरोग दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न

<span class='c1'>विश्व क्षयरोग दिवसको अवसरमा</span> <span class='c2'>रक्तदान कार्यक्रम सम्पन्न</span>

विराटनगर । विश्व क्षयरोग दिवसको अवसरमा विराटनगरको नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलको आयोजनामा तथा स्वास्थ्य कार्यालय मोरङ, राउन्ड टेबल नेपाल, र लेडिज सर्कल नेपालको सहकार्यमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल, विराटनगरको प्राङ्गणमा सम्पन्न उक्त कार्यक्रममा कुल ८५ जना स्वयंसेवी रक्तदाताहरूले रक्तदान गरेका थिए।

कार्यक्रममा नोबेल मेडिकल कलेजका प्रधानाध्यापक प्रोफेसर डा. रामहरि घिमिरे, हस्पिटल डाइरेक्टर प्रोफेसर डा. राजेश नेपाल, डिपुटी सिइओ प्रोफेसर डा. विश्वनाथ अधिकारी, महाप्रबन्धक दिपेश राई, तथा सूचना अधिकारी नवीन दाहाल को उपस्थिति रहेको थियो। साथै, मोरङ स्वास्थ्य कार्यालयका प्रमुख र राउन्ड टेबल नेपाल, विराटनगरका अध्यक्ष समेत कार्यक्रममा सहभागी भएका थिए।

यस रक्तदान कार्यक्रमले क्षयरोग बारे जनचेतना अभिवृद्धि गर्दै, आवश्यक रक्त आपूर्ति सुनिश्चित गर्न महत्वपूर्ण योगदान पुर्‍याएको छ। कुल ८५ जना रक्तदाताहरूको यो योगदान प्रशंसनीय रहेको छ, जसले असङ्ख्य जीवन बचाउने महत्त्वपूर्ण भूमिका खेल्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्