माेरङमा गहुँ खेती अाेरालाे लाग्दै

<span class='c1'>माेरङमा गहुँ खेती</span> <span class='c2'>अाेरालाे लाग्दै</span>

बिनु तिम्सिना

पछिल्लो समय मोरङमा गहुँ खेती ओरालो लाग्दै गएको छ । जिल्लामा गहु खेति घट्दै गएपनि मकै खेति भने बढ्दै गएको छ । अन्यबालिमा भन्दा मकैमा कम लगानि र मेहेनत लाग्ने हुदा जिल्लाका कृषकहरु मकै खेतिमा आकर्षीत भएका हुन् । पछिल्लो समय मोरङमा गहु खेति आरोलो लाग्ने क्रम शुरु भएसंगै मकै खेति भने फस्टाउँदै गएको छ । कृषकहरुले गहु खेति छाडेर मकै खेती सुरु गरेपछि मकैको खेति विस्तार हुदै गइरहेको छ । जिल्लामा आर्थिक वर्ष २०६७/६८ मा २२ हजार ५ सय हेक्टर क्षेत्रफलमा गहुँको खेती लगाइएको थियो । आर्थिक वर्ष २०६८/६९ मा गहु खेति घटेर १६ हजार ८ सय ७५ हेक्टर क्षेत्रफलमा झर्याे । त्यस यता ओरो लाग्दै आएको गहु खेति गत वर्ष देखि १४ हजार ५ सय हेक्टरमा झरेको छ । यसवर्षपनि तिन सय हेक्टर क्षेत्रफल कम भएको कार्यालयले जनाएको छ । गहुँको मुख्य सिजनमा उन्नत मल बिउ नपाउनु तथा पर्याप्त मात्रामा सिँचाई सुविधा समेत नहुदाँ गहुँ खेती घट्दै गएको जिल्ला कृषि विकास कार्यालय मोरङका बालिविकास अधिकृत गेनिलाल यादव बताउनुहुन्छ । समयमा बिउ नपाउने, सिचाइको समस्या र कृषकहरुको लागत मूल्य बढि पर्ने भएपछि किसानहरुले गहँुको विकल्पमा मकैखेती रोज्न थालेका उहाको भनाइ छ । अन्य बालिमा भन्दा मकैमा दोब्बर उत्पादन र फाइदा हुने भएपछि यहाका कृषकहरुले व्यवसायिक रुपमा मकै खेति सुरु गरेका हुन् । दाना उद्योगहरुका कारण कमैको माग पनि बढ्दै गएकाले बजारको समस्या नहुने भएपछि कृषकहरु गहु खेति छाडेर मकै खेति तर्फ आकर्षीत भएको उहाको भनाइ छ । नेपालमा उत्पादन भएको मकैले अझैपनि यहाको माग धान्न भने सकेको छैन् । अझैपनि भारतबाट ४० प्रतिशत मकै आयात भइरहेको जिल्ला कृषि विकास कार्यालय मोरङले जनाएको छ । गतवर्ष मोरङमा हिँउदे, बसन्ते र वर्षेगरि २२ हजार ८ सय ५० हेक्टर जमिनमा मकैको खेती गरिएको थियो । जसबाट १ लाख ५ सय ४० मेट्रिकटन मकै उत्पादन भएको कार्यालयले जनाएको छ । यो वर्षपनि जिल्लामा मकैको खेती अरु विस्तार हुन सक्ने कार्यालयले अनुमान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्