विराटनगरमा जय माता दी भजन समूहद्वारा भव्य धार्मिक कार्यक्रमको आयोजना

<span class='c1'>विराटनगरमा जय माता दी भजन</span> <span class='c2'>समूहद्वारा भव्य धार्मिक कार्यक्रमको आयोजना</span>

विराटनगर । विराटनगरस्थित रानी दुर्गा मन्दिर परिसरमा जय माता दी भजन समूहद्वारा विभिन्न धार्मिक कार्यक्रमको आयोजना गर्ने भएको छ। सो अवसरमा भक्तजनहरूको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ।

उक्त कार्यक्रम विस २०७१ सालदेखि निरन्तर आयोजना हुँदै आएको वार्षिकोत्सव १०औँ संस्करण हुनेछ। कार्यक्रम अन्तर्गत चैत २३ गते बिहान १० बजे ‘नोकन्या पूजा’ सम्पन्न हुनेछ। त्यसपछि चैत २४ गते बिहान ८ बजे कलश यात्रा आयोजना गरिनेछ। मुख्य पूजा विधि भने सोही दिन बिहान १० बजे आरम्भ हुनेछ। साथै, भजन कीर्तन र महाप्रसाद ग्रहण कार्यक्रम दिउँसो २ बजे सम्पन्न गरिनेछ।

जय माता दी भजन समूह विराटनगर-१५ द्वारा आयोजित यस धार्मिक कार्यक्रममा सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई उपस्थित हुन आयोजक समितिले अनुरोध गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्