विराटनगर । कोशी प्रदेश स्काउट कार्यालयको आयोजना तथा सामाजिक विकास मन्त्रालय, कोशी प्रदेशको आर्थिक व्यवस्थापनमा संचालित स्काउट आधारभूत तालिम (४४ औं रोभर वि.टी.सी./२३ औं रेन्जर पि.टी.सी.) एक समारोहका बीच सम्पन्न भएको छ।
कोशी प्रदेश प्रमुख स्काउट एवं सामाजिक विकास मन्त्री पाँचकर्ण राईको प्रमुख आतिथ्यतामा आयोजित समापन कार्यक्रम प्रदेश प्रमुख आयुक्त हेमन्त भण्डारीको अध्यक्षतामा सम्पन्न भएको हो। विराटनगरस्थित श्री जनपथ माध्यमिक विद्यालयमा आयोजित तालिममा विभिन्न सामुदायिक माध्यमिक विद्यालयका शिक्षकहरुले सहभागिता जनाएका थिए।
तालिममा महिलातर्फ राष्ट्रिय प्रशिक्षक निर्मला अधिकारी र पुरुषतर्फ सहायक राष्ट्रिय प्रशिक्षक नारायण श्रेष्ठले कोर्ष लिडरको भूमिका निर्वाह गरेका थिए। कार्यक्रमको संचालन प्रदेश अधिकृत नवराज घिमिरेले गरेका थिए।
समापन समारोहमा सामाजिक विकास मन्त्रालयका निमित्त सचिव दामोदर फुयाल, राष्ट्रिय सुशासन, स्रोत विकास तथा वित्त आयुक्त अरुण बस्नेत, राष्ट्रिय परिषद सदस्यहरू, राष्ट्रिय सदस्यता वृद्धि संयोजक उमेश कटुवाल, प्रदेश कार्यसमितिका पदाधिकारीहरू, राष्ट्रिय प्रशिक्षकहरू, प्रदेश परिषद सदस्यहरू, स्थानीय प्रमुख आयुक्तहरू, श्री जनपथ माध्यमिक विद्यालयका प्रधानाध्यापक हरी पराजुली, सहायक राष्ट्रिय प्रशिक्षकहरू, रोभर/रेन्जरहरू लगायतको उपस्थिति रहेको थियो।