बिराटनगरमा मोदीको पुत्ला जलाइयो

<span class='c1'>बिराटनगरमा मोदीको</span> <span class='c2'>पुत्ला जलाइयो</span>

 

विराटनगर फाल्गुन २८, विराटनगरमा कञ्चनपुर घटनाको विरोधमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरिएको छ । युवा विद्यार्थीले विराटनगरको जनआन्दोलन चौकमा शुक्रबार दिउँसो भारतीय प्रधानमन्त्री मोदीको पुत्ला जलाएका थिए ।
भारतीय सुरक्षा बलले सिमामा नेपालीको हत्या गरेको विरोधमा विद्यार्थीले आक्रोस पोख्दै मोदीको पुत्ला जलाएका हुन । कञ्चनपुरमा नेपालीलाई गोली हानी हत्या गरेको विरोधमा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियूले मोदीको पुत्ला जलाएको एमाले युवा नेता वासिम आलमले आफ्नो फेसबुकमा तस्बिर पोस्ट गरेका छन् । यसै घटनाको विरोधमा बिराटनगर लगायत देशका विभिन्न ठाउँमा विरोध प्रदर्शन पनि भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्