विराटनगर । मोरङको केराबारीबाट प्रहरीले ३ नाल भरुवा बन्दुकसहित दुई जनालाई पक्राउ गरेको छ । आइतबार साँझ वन्यजन्तु चोरीसिकारीमा संलग्न समूहका २ जनालाई पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार केराबारी गाउँपालिका–८ स्थित आमजुंगी सामुदायिक वनमा वन्यजन्तुको सिकार गर्न गएको अवस्थामा केराबारी–८ का ४४ वर्षीय मणिराज याक्खा र ३४ वर्षीय डिल्लीकुमार कार्की पक्राउ परेका हुन् । त्यसैगरी केराबारी–८ का ३५ वर्षीय धनबहादुर लिम्बू भने फरार रहेको र उनको खोजीकार्यलाई तिव्र पारिएको डिएसपी जोशीले जानकारी दिए ।