लहानमा म्याद गुज्रेका सामग्री प्रयोग गर्ने चार होटललाई जरिवाना, बजार अनुगमन सुरु

<span class='c1'>लहानमा म्याद गुज्रेका सामग्री प्रयोग गर्ने</span> <span class='c2'>चार होटललाई जरिवाना, बजार अनुगमन सुरु</span>

लहान, सिरहा — इलाका प्रशासन कार्यालय लहानको अगुवाइमा लहान क्षेत्रका राजमार्ग आसपासका होटलहरूमा व्यापक अनुगमन सुरु गरिएको छ। बुधबार गरिएको अनुगमनमा म्याद गुज्रेका पेयपदार्थ तथा अखाद्य सामग्री बिक्री वितरण गर्ने चार होटललाई ३० हजार रुपैयाँ जरिवाना गरिएको छ।

अनुगमन टोलीमा खाद्य तथा गुण नियन्त्रण कार्यालय राजविराज, घरेलु तथा साना उद्योग कार्यालय लहान, आन्तरिक राजस्व कार्यालय लहान, इलाका प्रहरी कार्यालय लहान र उपभोक्ता मञ्च नेपाल सिरहाका प्रतिनिधिहरू सहभागी थिए।

टोलीको नेतृत्व इलाका प्रशासन कार्यालयका अधिकृत सन्तोष रायले गरेका थिए।

जरिवाना गरिएको होटलहरू:
कान्छा होटल (लहान–१): म्याद गुज्रेको ‘बडवाइजर’ ब्रान्डका ३७ बोतल बियर जफत गरी नष्ट, रु ५,००० जरिवाना।

होटल गोधुल्ली (लहान–४): सरसफाइमा लापरबाही, भान्सामा पाकेको र नपाकेको मासु एकै ठाउँमा राखिएको, रु ५,००० जरिवाना।

किरान स्वीट्स एन्ड भोजनालय (लहान आँखा अस्पताल परिसर): अखाद्य सामग्री, कागज र पत्रिकाले छोपिएको खाद्य, फोहोर व्यवस्थापन लापरबाही, रु १०,००० जरिवाना।

रिषिका जनरल स्टोर्स: म्याद गुज्रेको ३८ बोतल कोल्ड ड्रिंकस, लाइसेन्सबिना अन्तःशुल्कजन्य वस्तु बिक्री, रु १०,००० जरिवाना।

होटल सम्राट इन र चौधरी होटल: आधारभूत मापदण्ड पालना गरिएको पाइएकाले सचेत गराइएको मात्र।

अधिकृत रायले नयाँ वर्ष २०८२ लाई ध्यानमा राख्दै वैशाख १ गते लाग्ने फूलबारी मेलामा लाखौँ भक्तजन आउने भएकाले ग्राहकको स्वास्थ्यमा खेलबाड हुन नदिन अनुगमन सुरु गरिएको बताए। उपभोक्ताको स्वास्थ्यसँग खेलबाड गर्ने व्यवसायीलाई कानुन अनुसार कारवाही गरिने र अनुगमन कार्यलाई निरन्तरता दिइने जानकारी उनले दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्