विराटनगरमा सञ्चारिका समूहद्वारा महिला पत्रकारहरूका लागि एआई तालिम

<span class='c1'>विराटनगरमा सञ्चारिका समूहद्वारा महिला</span> <span class='c2'>पत्रकारहरूका लागि एआई तालिम</span>

विराटनगर । सञ्चारिका समूह कोशी प्रदेशको आयोजनामा विराटनगरमा महिला पत्रकारहरूका लागि तीन दिने ‘कृत्रिम बौद्धिकता (एआई)’ सम्बन्धी तालिम सुरु भएको छ। पत्रकारितामा महिलाको क्षमता अभिवृद्धि गर्दै प्रविधिमैत्री बनाउने उद्देश्यले आयोजना गरिएको उक्त तालिम शनिबारसम्म सञ्चालन हुनेछ। बिहीबारदेखि सुरु भएको तालिममा कोशी प्रदेशका विभिन्न जिल्लाहरू मोरङ, सुनसरी, धनकुटा, उदयपुर लगायत स्थानबाट आएका ३६ जना भन्दा बढी महिला पत्रकारहरूको सहभागिता रहेको छ।

प्रशिक्षक लिला भट्टराईद्वारा सहजीकरण भइरहेको तालिममा सहभागीहरूले एआई प्रविधिको प्रयोगद्वारा पत्रकारितामा कसरी नवीनता, सहजता र प्रभावकारिता ल्याउन सकिन्छ भन्नेबारे व्यावहारिक ज्ञान सिकीरहेका छन्। तालिमको दोस्रो दिन शुक्रबार सहभागीहरूले एआईसम्बन्धी नयाँ ज्ञानले आफूहरूको कार्यशैलीमा छिटोछरीतो र कार्यशैलीमा परिवर्तन ल्याउने बताएका छन् । उनीहरूका अनुसार एआईको सिप सिक्नाले समाचार लेखन, सम्पादन, तथ्य संकलन र सामग्री प्रस्तुति अझ सजिलो र प्रभावकारी हुनेछ।

रेडियो नेपालमा कार्यरत पत्रकार दीपिका राजवंशीले समयअनुकूल पत्रकारितामा पनि प्रविधिको समावेश आवश्यक रहेको बताउँदै एआईको सदुपयोगले पत्रकारितामा नयाँ सम्भावनाको ढोका खोल्ने धारणा राखिन्। उनले भनिन् एआई प्रविधि उचित ढंगले प्रयोग गर्न सके समाचार उत्पादनको गुणस्तर र गति दुवैमा सुधार ल्याउन सकिन्छ।

यस्तै विरानगरबाट सहभागी पत्रकार जुनु भट्टराईले तालिम अत्यन्तै उपयोगी भएको प्रतिक्रिया दिँदै भनिन् हामीले एआईबाट सामग्री तयार गर्न, हेडलाइन लेख्न, फोटो सम्पादन गर्न सकिने तरिकाहरू सिक्यौं । यसले हाम्रो व्यावसायिक जीवनमा सहयोग पुर्‍याउनेछ। प्रशिक्षक भट्टराईले एआईलाई प्रतिस्पर्धी नभई सहायकको रूपमा लिनुपर्ने बताउँदै यसले पत्रकारिताको दिगो विकासमा सकारात्मक भूमिका खेल्ने धारणा राखे । उनले तालिममा समाचार लेखन, तथ्य–जाँच, फोटो सम्पादन, सामग्री सिर्जनाजस्ता विषयहरूमा व्यावहारिक अभ्यास गराईरहेका छन् । शनिबार समापन हुने तालिमको अन्तिम दिन सहभागीहरूले सिकाइको समीक्षा, कार्यपत्र प्रस्तुति तथा प्रमाणपत्र वितरण कार्यक्रम आयोजना गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्