जलवायु परिवर्तनले पुर्याएको असरबारे शिक्षादिप कलेजका विद्यार्थीको गहिरो चिन्ता

<span class='c1'>जलवायु परिवर्तनले पुर्याएको असरबारे शिक्षादिप</span> <span class='c2'>कलेजका विद्यार्थीको गहिरो चिन्ता</span>

प्रेम देवान
विराटनगर । विराटनगरको शिक्षादिप कलेजका विद्यार्थीहरुले जलवायु परिवर्तनको नकारत्मक असरले झेल्नुपरेको समस्या प्रति गहिरो चिन्ता व्यक्त गर्दै कार्यपत्र प्रस्तुत गरेका छन् ।

शिक्षादिप कलेजले शुक्रबार आयोजना गरेको तेस्रो जलवायु परिवर्तन सम्मेलनमा विज्ञान संकायमा अध्यनरत कक्षा ११ का विद्यार्थीहरुले जलवायु परिर्वतनको असरले पुर्याएको नकारत्मक असरका बारेमा चिन्ता व्यक्त गर्दै आ–आफ्नो कार्यपत्र प्रस्तुत गरेका हुन् । सम्मेलनमा विज्ञान संकायमा अध्ययनरत ५÷५ जनाको ८ वटा समूह बनाई ४० जना विद्यार्थीहरुले फरक फरक विषय वस्तुलाई समेटेका थिए । विद्यार्थीहरुले कोशी प्रदेशका पर्यटन वन तथा वातावरण मन्त्री सदानन्द मण्डलको सामु आफुले तयार पारेका विषयवस्तुलाई प्रस्तुति दिएका थिए ।

विद्यार्थीहरुले अम्लिय बर्षा, ओजोन तह विनाश, मिचहा बनस्पति, ग्लोबल वार्मिङ र प्लाष्टिक प्रदुषण लगायतका बिषयमा आफ्ना प्रस्तुति राखेका थिए । विद्यार्थीहरुले बर्षभरी अध्ययन गरेका किताबी ज्ञानलाई व्यावहारिक रुपमा आफैले खोजि गरेर ल्याएका जलवायु परिवर्तनका मुद्दाहरु सम्मेलनमा प्रस्तुत गरेको कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्काले बताउनुभयो ।

जलवायु परिवर्तनको कारक तत्व र नकारात्मक पक्षहरुको बिषयमा कार्यक्रममा गहन छलफल गरी तेस्रो सस्करणको जलवायु परिवर्तन सम्मेलन आयोजना गरिएको खड्काले बताउनुभयो । यस्ता कार्यक्रमले विद्यार्थीहरुमा वातावरण संरक्षण सम्बन्धि जागरुकता समेत बढ्ने उहाँले उल्लेख गर्नुभयो । कार्यक्रममा प्रमुख अतिथी कोशी प्रदेशका पर्यटन वन तथा वातावरण मन्त्री सदानन्द मण्डलले तिनजुरेमा यसपटक समय मै लालिगुरास नफुल्नुको कारण जलवायू परिवर्तनका कारण भएको बताउनुभयो ।

मन्त्री मण्डलले प्रदेश सरकारले चैत २७ गते गुराँसको राजधानी मानिने तिनजुरेमा पर्यटन वर्षको समुद्घाटन कार्यक्रम राखेको बताउनुहुँदै जलवायु परिर्वतनकै गुराँस फुल्ने समय भईसक्दा पनि नफुलेको बताउनुभयो । तिनेजुरेमा दमकलबाट गुराँसको रुखमा पानी हालेर फुलाउने प्रयास गरिएपनि त्यो सम्भव नभएको बताउनुभयो । सरकारले गर्नुपर्ने काम निजी कलेजहरुले गरेको वृहत सम्मेलनको चर्चा गर्दै मन्त्री मण्डलले कलेज प्रति पनि विशेष आभार प्रकट गर्नुभयो । कार्यक्रममा कलेजले २ विद्यार्थीलाई सम्मान समेत गरेको छ ।

नेपाल राष्ट्र बैंकले आयोजना गरेको निबन्ध प्रतियोगितामा पुरस्कृत हुने विद्यार्थी सिरिन भट्टराई र ललित कला संस्थानले आयोजना गरेको चित्रकलामा पुरस्कृत हुने अपेक्षा राईलाई सम्मान गरिएको थियो । कार्यक्रममा विज्ञान प्रविधि संस्थान नाष्टका सह प्राज्ञ ईन्द्रमणि भगत, शिक्षादीप एजुकेशन फाउण्डेशनका अध्यक्ष भीम पराजुली , विज्ञ प्रोफेसर, अनुसन्धानरत विद्यार्थीहरुको सहभागिता रहेको थियो । कलेजले यस अघि पनि विभिन्न रोवटिक्स , अन्तरिक्षयन सम्बन्धी कार्याशालाहरु गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्