दुई समुदायबीच वीरगञ्जमा तनावग्रस्तपछि कर्फ्यु 

<span class='c1'>दुई समुदायबीच वीरगञ्जमा</span> <span class='c2'>तनावग्रस्तपछि कर्फ्यु </span>

काठमाडौं । पर्साको वीरगञ्जमा कफ्र्यु लगाइएको छ । शनिबार दिउँसो हिन्दू र मुस्लिम समुदायबीच झडप हुँदा वीरगञ्जको अवस्था तनावग्रस्त बनेको थियो । अवस्था तनावग्रस्त बनेपछि प्रशासनले कफ्र्यु जारी गरेको छ ।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको आदेशअनुसार स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम मिति २ण्७८ साल चैत्र ३० गते साँझ ६ः३० बजेदेखि मिति २०८१ साल चैत्र ३१ गते दिउँसो १२ बजेसम्म कफ्र्यु लागू गरिएको हो ।

प्रशासनले अत्यावश्यक सेवामा संलग्न सवारीसाधन र व्यक्तिहरूले आवश्यक कागजातसहित परिचय खुल्ने गरी मात्र आवतजावत गर्न पाउने स्पष्ट पारेको छ । उल्लंघन गर्नेलाई कानुनी कारबाही गरिने चेतावनी समेत प्रशासनले दिएको छ । स्थानीय बासिन्दालाई सुरक्षित रहन र सुरक्षाकर्मीलाई सहयोग गर्न आग्रह गरिएको छ । हनुमान जयन्तीको शोभायात्रा निकाल्ने क्रममा छप्कैया चोकमा दुई समुदायबीच झडप भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्